सेतीनदीको गिट्टि, बालुवा उत्खनन् रोक्न स्थानियद्वारा नगरपालिकामा ध्यानाकर्षण

बझाङ । जयपृथ्वी नगरपालिका –११ का बासिन्दाहले सेतीनदीको बालुवा, गिट्टि उत्खनन् रोक्न नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

बुुधबार जयपृथ्वी नगरपालिका –११ रुइना बगर, कार्पिकोटका बासिन्दाहरु सेती नदीको ढुंगा, बालुवा र गिट्टि उत्खन्न रोक्न ध्यानाकर्षण गराउन नगरपालिका पुगेका हुन् ।

काप्र्रिकोटका इश्वरनाथ जोशी र रुइना बगरका धर्मराज जोशीको नेतृत्वमा १६ जना स्थानियबासीहरुले रुइना बगरको बस्ति र खेतियोग्य जमिन सेतीनदीले कटान गरेकाले बस्तिनै जोखिममा भन्दै जथाभावि उत्खनन् हुने त्यस क्षेत्रको आसपासमा रहेका ढुंगा, बालुवा र गिट्टि बन्द गर्न माग गर्दै जयपृथ्वी नगरपालिकालाई ध्यानाकर्षण गराएको स्थानियबासी इश्वरनाथ जोशीले बताउनुभयो ।

‘दैनिक विहान, बेलुका डोजर प्रयोग गरी ४३ वटा ट्याक्टरमा बालुवा, गिट्टि र ढुंगा ओसारपसारले गर्दा बस्ति र खेतियोग्य जमिन कटान गरेको जोखिममा रहेको त्यस तर्फ स्थानिय सरकारले ध्यान दिनुपर्ने र आफुले राखेको माग पुरा नभए त्यस विरुद कदम चाल्ने बताउनुभयो ।

सेती नदी र आसपासका खोलाहरुले बर्षेनी रुइना बगर भोपुर लगाएतका क्षेत्रबाट ठुला परिणाममा ढुंगा, बालुवा र गिट्टि निकाल्दा खेतियोग्य जमिन र बस्तिनै जोखिममा परेको स्थानिय धर्मराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानिय सरकारले नत करको दायरामा ल्याउन सकेको छ । नत उत्खनन् गर्नेलाई नियन्त्रणमा लिन सकेको छ ।’

जयपृथ्वी नगरपालिकाकी उपमेयर जुना जाग्रीले असोज ८ गते कार्यपालीकाको बैठक बस्ने भएकाले त्यसमा आफुले कुरा राख्ने र जथाभावी उत्खनन् भएको ढुंगा, बालुवा रोक्नका लागी पहल गर्ने बताउनुभयो ।

स्थानिय सरकार संचालन ऐन २०७४ मा स्थानिय सरकारले आफ्नो मातहतमा रहेको तथा आफ्नो अधिकार क्षेत्रभित्र रहेको ठाउँबाट बालुवा, गिट्टि लगाएतका बस्तुको कर उठाउने अधिकार स्थानिय सरकोरको भए पनि जयपृथ्वी नगरपालिकाले ढुंगा, बालुवा गिट्टि बाट खासै राजश्व संकलन गर्न सकेको छैन् ।