बझाङ्गी भाषाको पहिलो लघु चलचित्रको छायाङ्कन शुरु

बझाङ । बझाङ्गी भाषाको पहिलो लघु चलचित्रको छायाङ्कन बुधबार बाट शुरु भएको छ ।

सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको सदरमुकाम चैनपुरबाट सो लघु चलचित्रको छायाङ्कन शुरु भएको हो ।

हैट क्रेसनको प्रस्तुतीमा निर्माण भइरहेको यो लघु चलचित्रको निर्मातामा इराकु लामा, महेश खड्का, सृजर्ना रोकाया र दुर्गा रोकाया रहनुभएको छ । त्यस्तै निर्देशकमा प्रविन रोकाया र छायाङ्कनमा नारायण जि.सी रहनुभएको छ ।

लघु चलचित्रमा कलाकारहरु निल गगन रोशन सिंह (पिम्याल), सरोज खड्का, जीवन जंङ्ग थापा, सृजना स्नेही, शितल स्नेही, कृष्ण रेग्मी, जनक खड्का, महेश खड्का, निरज खड्का र नविन थापा लगायतका कलाकारहरुको सहभागिता रहेको छ ।

लघु चलचित्रको कथामा बझाङको ऐतिहासिक, धार्मिक र पर्यकीय पक्षलाई ध्यान दिएर बझाङको प्रचारप्रसार गर्ने र चलचित्रको छायाङ्कन बझाङको धार्मीक तथा ऐतिहासिक क्षेत्रमा रहेर गरिने निर्देशक प्रविन रोकायाले बताउनुभयो ।

छायाङ्कन बझाङको सदरमुकाम चैनपुरमा रहेको सुर्मा देवी मन्दिर, देवल विमानस्थल बारिल झर्ना, खप्तड लगाएत जिल्लाका विभिन्न ठाउँमा लघु चलचित्र छायाङ्कन हुने निर्देशक रोकायाको भनाई छ ।

लघु चलचित्रमा बझाङको स्थानिय कथा, संस्कृर्ती, भेषभुषा र सुगन्धमा विशेष जोड दिइने र उक्त लघु चलचित्रमा स्थानिय र देशको विभिन्न क्षेत्रबाट संगठित कलाकारहरुको प्रस्तुती रहने निर्माता महेश खड्काले बताउनुभयो ।