मन्त्रिपरिषद विस्तार भोलिसम्म हुन्छ : प्रवक्ता महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मन्त्रिपरिषद विस्तार भोलि हुने बताएका छन् ।

बुधबार पार्टीको स्थायी समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै महराले भोलिसम्म मन्त्रिपरिषद विस्तारको काम सकिने बताएका छन् ।

बुधबार सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताको बैठक बस्ने र त्यसले मन्त्रालय भागवण्डा टुंग्याउने महराले जानकारी दिए । ‘अध्यादेशको कारणले डिले भएको थियो ।

अब त्यो काम करिब करिब सिद्धियो । आज र भोलिसम्म सरकार विस्तारको कम सिद्धिन्छ’ महराले भने । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकले दलविभाजनसम्बन्धी अध्यादेशको टुंगो लगाउने पनि प्रवक्ता महराले बताए ।

दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने उनले बताए ।