राजनीति

पार्टी विभाजनपछि पहिलो पटक नेपालगन्ज आउँदै एमाले अध्यक्ष ओली

बाँके । पार्टी विभाजनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक नेपालगन्ज आउन लागेका छन् । जिल्लास्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली आज नेपालगन्ज आउन लागेका हुन् ।

काठमाडौँबाट बुधवार विहान नेपालगन्ज आएर अध्यक्ष ओली सिधै बर्दिया जाने र नेपालगन्जमा दिउँसो २ बजे हुने जिल्लास्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिएका छन् ।

सचिव खत्रीका अनुसार ओलीको स्वागतका लागि बाँकेबाट झण्डै ३०० मोटरसाइकल बर्दिया जाने तयारी गरिएको छ । बर्दियाबाट पनि १५० मोटरसाइकल नेपालगन्ज आउने उनले जानकारी दिएका छन् । नेपालगन्जको भुजई गाउँस्थित होटल सिद्धार्थ भ्यूमा हुने कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा भएको पनि उनले जानकारी दिएका छन् ।