विचार

बालीनालीको अवशेष व्यवस्थापन किन र कसरी ?

विभिन्न बालीनालीहरु भित्र्याएपछि बाँकी रहेको डाँठ, दाँइ गरेपछि बचेको पराल, भुस, लहरा तथा जमीनमा असरल्ल पातहरुलाई बालीनाली अवशेष भनिन्छ । विगत केही दशकदेखि कृषि क्षेत्रमा मेशिनको प्रयोग बढ्दो छ । साथै खेतबालीमा काम गर्ने खेतालाको न्यूनताले गर्दा यो पनी आवश्यकता बनेको छ । यस्तोमा काट्ने तथा दाँइ गर्नु कम्बाइण्ड हाडरबेस्टरको प्रचलन द्रुत गतिले बढेको छ । जसका कारण ठूलो परिमाणमा बालीनालीको अबशेष खेतमा रहिरहन्छन्, जसको समुचित व्यवस्थापन एउटा चुनौतिका रुपमा हाम्रो सामु रहेका छ ।

किसानहरु आफ्नो सहुलियतका लागि यीनलाई बालेर व्यवस्थापन गर्दछन् । यसका पछाडि किसानको आफ्नो तर्क छ । उनीहरुका अनुसार केही बाली जस्तै धान गहुँका जरा चँँडै माटोमा गल्दैन । साथै धान रोप्ने बेलामा किनारमा थुप्रिने हुँदा कामदारको खुट्टा घोच्दछ । त्यसबाहेक अवशेष व्यवस्थापनमा खर्च ज्यामी अनि समयको आवश्यकता पर्दछ, तथा दुई बालीको बीचमा उपयुक्त समयको अभावमा उनीहरु यस्तो गर्न बाध्य छन् । उनीहरुको तर्क यो पनि छ कि बालीनालीको अवशेष डढाउँदा खेत सफा हुन्छ, तर यसरी बालीनाली अवशेषहरुको व्यवस्थापन खेतको माटो, वातावरण एवम् मानिस तथा पशुहरुको स्वास्थयका लागि कति घातक हुन्छ, यसको अनुमान आज पनि किसानलाई छैन ।

कूल बालीनाली उत्पादनको ५८ प्रतिशत नगदेवालीबाट १७ प्रतिशत उखुबाट २० प्रतिशत रेसा भएका बालीबाट ५ प्रतिशत तेलहन बालीबाट प्राप्त हुन्छ । भारतमा गरिएको एउटा सर्वेक्षण प्रतिवेदन अनुसार सबैभन्दा बढी बालीनाली डडाउनेमा पन्जाव, हरियाना, पश्चिमी उत्तर प्रदेश रहेको छ, जसका कारण नयाँ दिल्लीको वायु प्रदूषण उच्च विन्दुमा छ । तर आन्ध प्रदेश, महाराष्ट्र, पूर्वी उत्तरप्रदेश आदी राज्यमा पनि यो प्रथा शुरु भएको देखिन्छ । हाम्रो आफ्ने परिवेशमा पनि यो प्रथा नौलो चाहिँ होइन ।

बालीनालीको अवशेष डडाउँदा माटोमा हुने नोक्सानीहरु

खेतको उर्वराशक्तिमा ह्रास

  • बालीनालीको अवशेष डडाउनले १०० प्रतिशत नाइट्रोजन २५ प्रतिशत फस्फोरस २० प्रतिशत पोटास र ६० प्रतिशत सल्फर नोक्सानी हुन्छ ।
  • भूमिको संरचनामा क्षति हुनाको कारणले पोषक तत्वहरुको समुचित मात्रामा स्थानान्तरण नहुने तथा अत्याधिक पानीको निकास हुन नपाउनु ।
  • माटोको कार्वनिक पदार्थको ह्रास हुने ।
  • बालीनालीको अवशेषबाट प्राप्त हुने पोषक तत्वहरुबाट माटो वञ्चित हुने ।
  • माटोको माथिल्लो सतहमा पाइने मित्र किराफट्याङग्रा आदि नासिएर जाने ।

मानवीय स्वास्थयमा पर्ने दुष्प्रभाव

  • अस्थमा र दम जस्ता स्वास सम्बन्धी रोगहरुका रोगीहरुलाई साह्रै अप्ठ्यारो पार्नेछ साथै यी रोगहरुका विरामीहरुको संख्या तेजीले बृद्धि हुनेछ ।
  • सल्फर अक्साइड तथा नाइट्रोजन अक्साइडका कारण आँखा पोल्ने ।
  • छालाजन्य रोगको गुनासो बढ्ने ।
  • वर्तमानमा बालिनालीको अवशेष डडाइने क्षेत्रमा क्यान्सरका रोगीहरुको संख्यामा बृद्धि भएको देखिन्छ ।

पर्यावरण सम्बन्धी दुष्परिणामहरु

  • यसले वैश्वीक तापमान (ग्लोवल वार्मिङ्ग)लाई प्रोत्साहन गर्दछ ।
  • कुहिरोजस्तो स्थिति पैदा हुन्छ जसले गर्दा दुर्घट्ना हुने जोखिम बढ्दछ ।
  • बाली नाली अवशेषका साथै खेतबारी किनाराको रुख विरुवालाई पनि आगोले क्षति पुर्याउँछ ।
  • ओजोन तहमा ह्रास हुने ।
  • अत्याधिक मात्रामा कार्वनडाइअक्साइडको उत्सर्जनले क्षति पुग्ने ।
  • हरित गृह ग्याँसहरुको अध्याधिक मात्रामा उत्सर्जनले वैश्वीक तापनलाई प्रोत्साहित गर्ने ।

बालीनाली अवशेष व्यवस्थापनको विकल्पहरु

अहिलेको अवस्थमा मुख्यतः पशुहरुको आहारको लागि केही अवशेषहरु सङ्कलन गरिन्छ त्यसबाहेक बाँकीलाई खेतबारीमा डडाइन्छ जसलेगर्दा पर्यावरण, नजसमुदाय तथा पशु स्वास्थ्यलाई क्षती भइरहेको छ । अवशेष व्यवस्थापनको विकल्प निम्न प्रकारले हुन सक्छ,

  • बालीनाली अवशेषलाई पशु आहार तथा औद्योगिक उपयोगका लागि सङ्कलन गर्ने, माटोमा मिलाउने, माटोको सतहमा राख्ने ।
  • अवशेषहरुलाई पशु आहारा वा औद्योगिक उपयोगका लागि सङ्कलन गर्ने ।

धानको पराललाई पशु आहारको रुपमा प्रयोग अद्यपि यसमा सिलिकाको मात्रा धेरै हुन्छ । धानको पराललाई युरिया वा क्याल्सियम हाइड्रोक्साइडले उपचार गरेर वा प्रोटिनद्वारा सम्बर्धन गरेर प्रयोग गरी उपचारबाट गुणस्तरमा सुधार गरी आहाराको रुपमा प्रयोग गर्न सकिन्छ । पष्राललाई सानो सानो टुक्रामा काटेर वाष्पबाट उपचार गरी पशु आहाराको रुपमा प्रयोग गर्न सकिन्छ । स्ट्रोबेलर प्रयोग गरेर खेतबारीमा रहेको बालीनाली अवशेषलाई ब्लाँक बनाई कम ठाउँमा भण्डारण गरी उर्जा उत्पादन धरै नीजी कम्पनीहरुले भारतमा धानको परालबाट विजुली उत्पादन गरेका छन्, यो बालीनाली अवशेषको प्रभावकारी व्यवस्थापन मानिन्छ ।

देशका मुख्य उत्पादन हुने क्षेत्रमा यसको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता देखिन्छ । बालीनाली अवशेषहरुको कागज कुट, कार्डबोर्ड, कार्टुन, कापी किताबको गाताजस्ता सामान बनाउन प्रयोग गरिनुका साथै अरु नयाँ नयाँ वैकल्पिक उपयोगहरुको पत्ता लगाउनु नितान्त आवश्यक छ । कुनै पनि दृष्टिकोणले बालिनालीको अवशेषहरु डडाउन उचित मानिदैन । त्यसैले कृषहरुले बालीनालीको अवशेषहरुको व्यवस्थापनको यस विकल्पलाई उपयोग गर्नु आवश्यक छ । संरक्षक प्रणालीलाई अपनाएर वा बालिनाली विविधिकरणद्वारा अवशेष डडाउने समस्याबाट मुुक्ति पाउन सक्छन् ।

बालीनाली अवशेषहरु माटोमा मिसाउने

बालिनाली भित्र्याएपछि रोटावेटरले जोतेर एकपटक सिँचाई गर्नाले बालिनालीका अवशेषहरु माटोमा मिल्दछन् अनि अर्को बाली रोप्न वा बीउ छर्न सजिलो हुन्छ । धान, गहुँको अवशेषहरु जोटेर पानी लगाई व्यवस्थापन सम्भव छ । साथै २०–२५ किलोग्राम युरिया प्रति हेक्टरले हाल्नाले अवशेषहको माटोमा विलिन हुने प्रक्रिया चाडो हुन्छ । कार्वनीकृत धानको अवशेषहरुले माटोको वायोचार गर्नाले. माटोको उर्वर शक्ति बढ्नुका साथै उत्पादन दक्षता पनि बढेर जान्छ ।

अवशेषहरुलाई खेतको सतहमा राख्ने

गहुँ काटेपछि बाँकी जरा बुट्यान जिरोटिलेज मेशिन वा टंबो हैप्पी सिडर लु मुङ्ग वा ढैचा छरेर अवशेष व्यवस्थापन गर्न सकिन्छ । धान काटिसकेपछि जिरो टिलेज प्रविधिबाट गहुँ छरेर प्रभावकारी ढङ्गले बालीनाली अवशेषहरु व्यवस्थापन गर्न सकिन्छ । उखु काटिसकेपछि रोटरी डिस्क ड्रिलले गहुँको बीउ दाना छर्ने प्रविधिलाई बृहतरुपमा प्रचारप्रसार गरी उखुबालीको अवशेषलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न सकिन्छ । कपास भएको खेतमा गहुँको खेती र गहुँको बोट भएको खेतमा मुङ्गको खेती गरेर बालीनाली अवशेषको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ । यस विधिले बालीनालीहरुको अवशेष डडाउने प्रथा रोक्न सहयोगी हुनेछ ।

(लेखक एम.भी.एस्सी प्रिभेन्टिभ भेटेनरी मेडिसिनका अध्येयता तथा नेपाल सरकारका सेवा निवृत्त बरिष्ठ पशु चिकित्सक हुन् ।)