सोमबार संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर भन्दा धेरै

काठमाडौं । सोमबार नेपालमा संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर भन्दा धेरै देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार वितेको २४ घण्टामा १ हजार ९५ जना संक्रमित थपिए,का छन् भने २ हजार ९५७ जना निको भएका छन् ।

१३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा सो मात्रामा संक्रमित भेटिएका हुन् । हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ८५ हजार ५४१ जना र एन्टिजेन विधिबाट ८९ हजार ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

हाल देशभर २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होमआइसोलेसनमा २० हजार ८९१ जना, संस्थागत आइसोलेसनमा १ हजार ४३२ जना, सघन उपचार कक्षमा ३७१ जना भेन्टिलेटरमा १०८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

यही अवधिमा थप २ हजार ९५७ जना संक्रमित निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ५२ हजार १७० जना निको भएका छन् । नेपालमा निको हुने दर ९५।८ प्रतिशत पुगेको छ ।

देशभर थप ८ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ४८ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १।४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २२ हजार १९२ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म ५५ लाख ८८ हजार ५१७ जना पूर्ण मात्रा खोप लगाएका छन् भने ६२ लाख १५ हजार ८५६ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।