रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानबाट राजीनामा दिने कोहलीको घोषणा

काठमाडौं । विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट टिम रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानबाट राजीनामा दिने घोषणा गरेका छन् ।

केही दिनअघि उनले भारतको राष्ट्रिय टिममा ट्वेन्टी–ट्वेन्टीको कप्तानबाट बाहिरिने घोषणा गरेका थिए ।

३२ वर्षका कोहलीले जारी आपिएलको अन्त्यसँगै कप्तान पद छोड्ने घोषणा गरेका हुन् । कोरोना भाइरसको महामारीका कारण रोकिएको आपिएलका खेलहरु आइतबारदेखि सुरु भएको छ ।

उनले विश्वकपपछि भारतको ट्वेन्टी–ट्वेन्टी कप्तानी छोड्ने छन् । तर उनी एकदिवसीय र टेस्ट टिमको भने कप्तान रहने छन् ।