आज ठूलो पानी नपर्ने

काठमाडौं । आज ठूलाे पानी नपर्ने माैसम विभागकाे अनुमान छ ।

देशका धेरै ठाउँमा गएराति नै पानी परेको छ । मौसमविद् मञ्जु बासीका अनुसार भारतको उत्तर प्रदेशमा बनेको  निम्न चापीय प्रणालीका कारण अहिले पनि धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको छ ।

धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि आज ठूलो पानी भने नपर्ने उहाँले जानकारी दिनुभयो । आज देशका धेरैजसो ठाउँको मौसम सामान्यतया बद्ली रहने मौसमविद् बासीले बताउनुभयो ।

उहाँका अनुसार दिउँसो केहीबेर मौसम खुले पनि फेरि बद्ली हुने सम्भावना छ ।