बाँकेमा आज थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५ जना डिस्चार्ज

कुल संक्रमितको संख्या १८ हजार १ सय

बाँके । बाँकेमा सोमवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा ११९ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ६३ नमुना परीक्षण गर्दा ७ र मेडिकल कलेज कोहलपुरमा ३८ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टिभएको छ ।

बागेश्वरी प्रयोगशालामा १८ नमुना परीक्षण गर्दा भने सबै नेगेटिभ आएको बताइएको छ ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका ४ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय पुगेको छ ।

यस्तै सोमवार थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ६ पुगेको छ ।