पर्सामा काठ तस्कर र प्रहरीबिच झडप, तीन राउण्ड हवाई फायर

पर्सा ।  पर्साको पटेर्वा सुगौली गाउँपालिकाको फरहदवामा काठ तस्कर र प्रहरीबिच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । तस्करको समूहलाई प्रहरीले रोक्न खोजेपछि तस्करले प्रहरीमाथि नै आक्रमण गरेका थिए ।

त्यसपछि आफूहरुले हवाई फायर गरेको प्रहरीले जनाएको छ । सोमबार बिहान जंगलबाट काठ बोकेर चारवटा मोटरसाईकलमा आउँदै गरेका तस्करलाई प्रहरीले रोक्न खोजेको थियो ।

सोही क्रममा तीन राउण्ड हवाई फायर गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

हवाई फायर पछि तस्करहरु मोटरसाइकल र काठ छाडेर भागेको उनले बताए । तस्करीमा प्रयोग भएका दुई मोटरसाईकल र गोलिया काठ प्रहरीले बरामद गरेको छ ।