राष्ट्रिय टोलीबाट ७ खेलाडीसहित ४८ खेलाडी यू-२३ को बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाली राष्ट्रिय अण्डर-२३ फुटबल टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ४८ खेलाडीलाई बोलाएका छन्।

आगामी अक्टोबर २५ देखि ३१ सम्म ताजिक्स्तानमा आयोजना हुन लागेको एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपाली अण्डर-२३ टोलीको बन्द प्रशिक्षण सुरु हुन लागेको हो।

बन्द प्रशिक्षणमा बोलाइएका ४८ खेलाडी मध्ये ७ खेलाडी भने अहिले राष्ट्रिय टोलीसँग कतारमा छन्। साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीबाट रक्षक सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ तथा मिडफिल्डर नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलानसहित फरवार्ड मनिष डाँगीलाई महर्जनले यू-२३ को टोलीमा सम्मिलित गरेका छन्।

नेपालले एएफसी यू-२३ छनोट अन्तर्गत समूह ‘बी’मा ईरान, लेबानन र ताजीकस्तानसँग प्रतिस्पर्धा गर्नेछ। यू-२३ को बन्द प्रशिक्षण सेप्टेम्बर १३ देखि सुरु हुँदैछ।

प्रारम्भिक बन्द प्रशिक्षणमा डाकिएका खेलाडी