सार्वजनिक भयो ‘हामी नेपाली, हामी गोर्खाली’ बोलको गीत

काठमाडौं । सुरेशराज पाठक, मधुसूदन थापामगर र ममता गुरुङको स्वर रहेको ‘हामी नेपाली हामी गोर्खाली’ बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा शब्द सिर्जना कल्पना आंगबुहागंका हुन् भने गीतमा अशोककुमार राईको संगीत रहेको छ ।

गंगाराजको कम्पोज रहेको गीतमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुराज र इन्दु लिम्बुको कलात्मक अभिनय देख्न सकिन्छ ।

दिलु थापाको कोरियोग्राफी रहेको भिडियोमा नवीन निरौलाको कलर, सञ्चारकर्मी कुशल श्रेष्ठको छायांकन र सम्पादन रहेको छ । भिडियोको निर्देशन सन्तकुमार राईले गरेका हुन् । बेलायतमा छायांकन गरिएको भिडियो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको हो ।