यस वर्षको उत्कृष्ट तीज गीत लयको अवार्ड रमेश परियारलाई

काठमाडौं । गीतकार रमेश परियारले यो वर्षको उत्कृष्ट तीज गीत लय मार्फत‘ माइती देशैको’ बाट अवार्ड पाएका छन् ।

सोमबार राजधानीमा आयोजित आठौं संस्करणको छायाँछवि तीज म्युजिक अवार्ड–२०७८ बाट लोक तथा दोहोरी सर्जक परियारले मनोनीत पाँच बाट उत्कृष्ट बन्दै अवार्ड पाएका हुन् ।

May be an image of one or more people, people standing and indoor

‘माइती देशैको’ बोलको मौलिक तीज गीत यस वर्ष धेरै रुचाइएको तीज गीतमा पर्छ । गायिका अमृता नेपाली र गायक रन्जित परियारको स्वर रहेको गीतमा परियारकै शब्द रहेको छ । परियारको शब्द तथा संगीतमा यो वर्षको तीजमा ११ वटा गीत बजारमा आएका छन् ।

May be an image of 1 person, standing and outdoors

आयोजक टिमलाई धन्यवाद दिदै आफूले गरेको मेहनत उत्कृष्टमा पर्दा निकै खुशी लागेको र आगामी दिनमा अझैं राम्रा र मौलिक सिर्जना बजारमा ल्याउने जिम्मेवारी थपिएको महसुस भएको परियारले बताए ।

May be an image of one or more people and people standing

हरेक वर्ष भव्यरुपमा आयोजना हुँदै आएको छायाँछवि तीज म्युजिक अवार्ड यस वर्ष भने कोरोना महामाहरीका कारण सिमीत उपस्थितीमा सम्पन्न गरिएको छ ।