भारतमा थप ४० हजार कोरोना संक्रमित थपिए

काठमाडौँ । भारतमा थप ४० हजार भन्‍दा बढीमा कोभिड १९ संक्रमण देखिएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४० हजार १३४ जनामा संक्रमण देखिएको हो।

यस्तै, ३६ हजार ९४६ जना संक्रमण मुक्त भएका छन्। हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार ७१८ पुगेको छ।

संक्रमणका कारण थप ४२२ जनाको मृत्यु भएको छ।