परम्परागत पशु आयुर्वेद र एथनो भेटेरिनरी : आजको युगमा कति सान्दर्भीक

विश्वको पहिलो प्रतिजैविक औषधि पेन्सिलिन पनि वनस्पति जनित नै हो र आज पनि विभिन्न प्रकारका वनस्पति जनित प्रतिजैविक औषधिहरुको उपयोग निरन्तर जारी छ ।

प्राकृतिक चिकित्सा एउटा यस्तो अनौठो पद्धति हो जसबाट जीवनको शारीरिक, मानसिक नैतिक तथा आध्यात्मिक खण्डहरुलाई रचनात्मक सिद्धान्तहरुका साथै व्यक्तिको सद्भावको निर्माण गर्दछ । यसमा स्वास्थ्य प्रोत्साहन रोग निवारक तथा उपचारात्मकताको साथसाथै शरीरमा पुनः मजवुति प्रदान गर्ने अपार सम्भावनाहरु हुन्छन् । ब्रिटिश नेचुरोपेथिक एसोसिएशनको घोषणापत्रका आनुसार प्राकृतिक चिकित्सा उपचारको एउटा यस्तो प्रणाली हो जसले शरीरका अत्यन्तै महत्वपूर्ण उपचरात्मक शक्तिको अस्तित्वलाई मान्यता दिन्छ । आज यो पद्धति रोगको कारण दूर गर्नका लागि शरीरबाट अवाञ्छित तथा अप्रयुक्त अर्थात विषाक्त पदार्थहरुलाई बाहिर निकालेर शरीर प्रणालीको सहायतालाई समर्थन गर्दछ ।

एथलोभेटेरिनरी प्राकृतिक पशुचिकित्साको एउटा यस्तो परम्परागत पशुचिकित्सा पद्धति हो जसमा पशुहरुको उपचारका लागि बोटविरुवाहरु एवं तिनका उत्पादनहरुको उपयोग आस्था एवम् विश्वासका साथ गरिन्छ । एथनो भेटेरी शब्दको उपयोग सबभन्दा पहिले १९८६ मा मैककोरवले गरेका थिए । यो पारम्पारिक ज्ञान समाजका लागि अनमोल एवम् सिमित छ जसलाई समाजमा प्रलेखित तथा लागु गर्नुपर्ने आवश्यकता छ । उपचार बोटविरुवाहरु तथा तिनका भागहरु र उत्पादनहरुको उपयोगका धेरै फाइदाहरु छन्, किनकी यी सस्ता छकोरवले गरेका थिए । यो पारम्पारिक ज्ञान समाजका लागि अनमोल एवम् सिमित छ जसलाई समाजमा प्रलेखित तथा लागु गर्नुपर्ने आवश्यकता छ ।

उपचार बोटविरुवाहरु तथा तिनका भागहरु र उत्पादनहरुको उपयोगका धेरै फाइदाहरु छन् किनकी यी सस्ता छन् सजिलै उपलब्ध छन् तथा तिनको कुनै दुष्प्रभाव पनि छैनन् । विश्वका विभिन्न भागहरुमा यस लुकेको ज्ञानको मूल्याङ्कन तथा आलेख गर्नका लागि धेरै कामहरु भएका छन्, तर अहिले यो जानकारी दुर्लभ छ अनि अरुका लागि अस्वीकार्य छ । ऋगवेद अर्थात वेद तथा आयुर्वेद पशुचिकित्साको रुपमा बोटविरुवाहरुको उपचारात्मक गुणहरुको बारेमा जानकारी दिने अग्रणी दस्तावेज हुन् । यसैले वैदिककाल (३५०० इसापूर्वदेखि २०० इसापूर्वसम्म भारतीय चिकित्सक वैद्य) तथा जडिबुटिहरुका ज्ञाता धनवन्तरी, अत्रेय, नागार्जुन, पतंजली, बागभट्ट शुश्रुत तथा चरक आदि महान व्यक्तिहरु प्रकट भए जसले समाजको कल्याणका लागि पारम्परिक भारतीय चिकित्सा पद्धतिको अभ्यास गरे ।

भारतमा पशुचिकित्सा पद्धतिको अस्तित्वका पहिलो साहित्यिक प्रमाण ऋग्वेदन (२०००–१४०० इ.पु.) मा पाइन्छ । एलोपेथिक चिकित्सा पद्धतिमा विभिन्न रोगहरुलाई धेरैजसो बोटविरुवा प्रजातिहरुलाई उपयोग गरिन्छ । यो एउटा राम्रोसित स्थापित तथ्य हो क आम मानिसहरुका विभिन्न रोगहरु एवं किवासहरुको उपचारका लागि एउटा आवश्यक भूमिका निभाउँछ । प्राकृतिक स्वास्थ्यका लागि औषधीय बोटविरुवाहरु हाम्रो प्रकृतिको बहुमूल्य उपहार हुन् । आधुनिक औषधिहरुको ठूलो संख्या प्राकृतिक श्रोतबाट लिइएको छ । जुन कि अधिक तर बनस्पति जगबाट प्राप्त हुन्छ ।

बनस्पति आधारित पारम्पारिक चिकित्सा प्रणाली स्वास्थ्य हेरचाहमा एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्न लागिरहन्छ । जसमा विश्वका लगभग ८० प्रतिशत जनसंख्या उपचारका लागि नियमितरुपले विभिन्न रोगहरुको उपचारको लागि पारम्पारिक औषधिहरुमा निर्भर रहन्छन् । जवकी हाम्रो आफ्नो परिवेशमा लगभग ६० प्रतिशत जनसमुदाय पारम्पारिक चिकित्सामाथि निर्भर छन् । एथनो भेटेरिनरीमा स्थानीय चिकित्सकहरुको ज्ञान परम्परागत चिकित्सा पद्धतिमा तिनको जानकारी तथा अनुभव अत्यन्त महत्वपूर्ण छ तर प्रालेखित नहुनुको कारण तिनको यो ज्ञान खुम्चिदै गएको छ । यसले यो कुरातिर इङ्गित गर्दछ कि परम्पारगत चिकित्सामा उपयोग गरिने बोटविरुवा बारेमा प्रचलित ज्ञान अपरिवर्तनीय हानी तथा विलुप्तीको संघारमा छ किनकी यस परम्परागतको प्रचार प्रसार मात्र मौखिकरुपबाट नै पुस्ता दरपुस्ता गरिन्छ ।

दू्रत गतिमा सामाजिक आर्थिक प्रायोद्यौगिक तथा पर्यावरणीय परिवर्तनहरुले स्थिति बिग्रँदै गइराहेको छ । मानव एवम् पशु पुस्तौैदेखि विभिन्न रोगहरुबाट लडनका लागि प्राकृतिक संसाधनहरु माथि निर्भर रहेका छन् तर पर्यावरणीय क्षरण, कृषि विस्तार, सिमान्त भूमिको खेती तथा शहरीकरण यिनका लागि एउटा महत्वपूर्ण खतरा पैदा गरी राखेको छ । यसैले यो राष्ट्रको परम्परागत औषधीय वानस्पतिक विद्यालाई प्रलेखित गर्न प्रोत्साहित गर्न तथा संरक्षण प्रदान गर्नकालगि सही समयमा एउटा प्रयास हो । यस प्रकारको अभिलेख मानवीय साँस्कृतिक पहिचानलाई परिभाषित गर्न र बनाइराख्नका लागि महत्वपूर्ण मानिन्छ । यसले मानिसलाई केन्द्रित प्राकृतिक संसाधन प्रवर्धन पद्धतिहरु स्थापनाका लागि साँचोको रुपमा सेवा गर्नुबाहेक नयाँ यौगिकहरुको बैज्ञानिक खोजको रुपमा पनि आधुनिक औषधिहरुको विकाशमा उपयोगी हुन सक्दछ ।

एथनोभेटेरिनरी अभ्यासको प्रमाणिकरण अत्यन्त रुपले आवश्यक छ जसले गर्दा यस ज्ञानलाई संरक्षित गर्न सकियोस तथा बोटविरुवाहरुलाई पशुहरुको रोगहरुलाई नियन्त्रणका लागि संरक्षित गर्न सकियोस् । सबै पद्धतिसरह एथनोभेटेरिनरीको पनि केही कमीकमजोरीहरु छन् जस्तो कि यस पद्धतिको अन्तरर्गत विभिन्न रोगहरुको निदान अपर्याप्त हुनुका साथसाथै तीब्र जीवाणु एवम् विषाणु रोगहरुको पहिचान एवम् तिनको चिकित्सामा न्यून निपूर्णता छ । जबकी आधुनिक चिकित्सा पद्धति अन्तरगत उपलब्ध टिकाकरणबाट विषणुजनित रोगहरुलाई नियन्त्रण समेत सम्भव भइराखेको छ । प्राविधिक दृष्टिकोणबाट केही मामलाहरुमा एथनोभेटेरिनरी चिकित्सा केही हदसम्म अप्रभावी लाग्न सक्दछ किनकी मौसम त्यसबाट औषधि तयार गर्न तथा सेवन गर्ने विधिका अनुसार तिनको उपचारको प्रभावशिलतामा परिवर्तन देख्न पाइन्छ ।

सामान्यतया तिनको सेवनको विधि स्थानीयस्तरको हुन्छ तथा त्यसलाई प्रचारप्रसारको सम्भावना पन िसिमित नै हुन्छ । अधिकांशतः विषक्त तथा अल्प मात्रा दिइने घटनाहरु बढी हुन्छन् । किनकी तिनको सेवनको सम्बन्धमा शारीरिक भारको अनुसार (प्रतिकेजी) सेवन तिर ध्यान दिइएको पाइदैन अर्कोतिर अत्याधिक फडानीका कारणले वनस्पति विविधताको पनि जोखिम छ जसमा अर्धशुष्क क्षेत्र एवम् चरणक्षेत्र सम्मिलित हुन्छ । वनजंगलको अत्याधिक फडानीले जैविक विविधतालाई पनि जोखिम हुन्छ । यद्यपि केही कमीहरुको बावजुद, एननोभेटेरिनरी चिकित्साको प्रभावकारीता साधारणतया छाडापखाला दुग्धोत्पादन, घाउ ककसीडियोसिस तथा प्रजनन सम्बन्धी सामान्य विकारहरु जस्ता सामान्य पशुधन रोगहरुको नियन्त्रणका लागि व्यापकस्तरमा सिद्ध भएको छ ।

हालका वर्षहरुमा विभिन्न क्षेत्रहरुको शोधकर्ताहरुको बढ्दो संख्याले विदेशी एवम् स्थानीय समुदायहरुमा पारंपरिक पशु स्वास्थ्य प्रवन्धन पद्धतिहरुको संभावित प्रभावशीलताको अध्ययन, मूल्याङ्कन, पुष्टी सत्यापन तथा दस्वावेजीकरण गरेको छ । अनुसन्धानकर्ताहरुले पशुपालकहरुद्वारा पहिलेदेखि उपयोग गरिएका बोटविरुवाहरुका प्रजातीहरुका लागि वनस्पती रसायन विज्ञान तथा तिनको शरीरमा गर्ने कामको तरिका बारे जानकारी गरिएको छ । अनुसन्धानहरुको परिणामहरुमा कइ प्रकारका किटनाशकयुक्त बोट विरुवाहरु बारे पत्ता लागेको छ जसलाई पशुहरुको उपचारका लागि विश्वासपूर्वकता तथा सुरक्षित रुपमा प्रयोग गर्न सकिन्छ । यी वनस्पती उत्पादनहरुको कानूनी पंजीकरण खासगरी तिनको प्रचारप्रसारको लागि आवश्यक हुँदैन । यस दृष्टिकोणबाट ग्रामीण क्षेत्रमा मौजुद पशुहरुको प्रदर्शन एवम् उत्पादन सुधारको लागि उपयुक्त स्थायी राणनीति उपलब्ध गराउनका साथसाथै स्थायी आजीविकामा सुधार गर्न सकिन्छ ।

केही कमीहरु भए पनि एथनोभेटेरिनरी चिकित्सा स्वतन्त्र रुपले हरकसैको लागि उपलब्ध हुने गर्दछको लागि उपयुक्त स्थायी राणनीति उपलब्ध गराउनका साथसाथै स्थायी आजीविकामा सुधार गर्न सकिन्छ । केही कमीहरु भए पनि एथनोभेटेरिनरी चिकित्सा स्वतन्त्र रुपले हरकसैको लागि उपलब्ध हुने गर्दछ । यस अन्तरगत तयार औषधिलाई सजिलै मुखबाट अथवा पशुको शरीरमा लगाउन सकिन्छ । आधुनिक चिकित्सा प्रणालीमा रोगाधी औषधीहरुको रोगाणुहरु प्रति रोग प्रतिरोधकता बढ्दो छ, तर एथनोभेटेरिनरी चिकित्सामा रोगाणुको रोगप्रतिरोधकताका प्रभाव हुँदैन वा नगण्य नै छ । त्यसैले वनस्पति बारे ज्ञान राख्नेले यसको प्रयोग निरन्तर गरिराखेका छन् । आधुनिक पशु चिकित्सा पद्धतिमा उपयोग गरिने औषधिहरुको रोगी पशुहरुमा उपयोग गरेपछि तिनद्वारा उत्सर्जित पदार्थहरुको सेवन वैज्ञानिक तरिकाले केही दिनका लागि निषेधित गरिन्छ ता कि यी पदार्थहरुको सेवनले पशुहरुलाई दिइएको औषधीहरुको अंश मानवीय आहार श्रृङ्खलामा जान नपाओस् ।

मानव आहार श्रृङ्खलामा प्रवेशोपरान्त यी औषधिहरु मानिहरुमा रोग प्रतिरोधकता बढेर जने जोखिम हुन्छ एवम् कैयौं पटक एउटा उपचारको दौरान उपयोग गरिने औषधिहरुका कारण तिनीहरुद्वारा उत्सर्जित उत्पादनहरुको निषेद्धीकरणले पशुपालकलाई आर्थिक हानी पनि हुन्छ । अतः यस हानीबाट बच्न यी उत्पादनहरु खासगरी दुध, फूलहरु आदिलाई बजारमा बेच्दछन् । यसैले यो सामान्य घटना हो कि रोगाणुरोधी औषधिहरुको अवशेष मानव आहार श्रृङखलामा प्रवेश गर्दछ । जुन मानव प्रतिजैविक अवशेषयुक्त पशुजन्य उत्पादनहरु जनस्वास्थ्यका लागि ठूलो चुनौतीपूर्ण जोखिमको रुपमा देखिएको छ । मानव आहार श्रृङ्खलामा औषधिय अवशेषको संदूषणलाई रोक्नु धेरै कठिन काम मानिएको छ । यद्यपि आधुनिक पशु चिकित्सालाई कुनै पनि हालतमा नकार्न सकिन्न, साथै परम्परागत पशुचिकित्सा अर्थात एथनोभेटेरिनरीलाई पनि नजर अन्दाज गरिनुहुँदैन पनि ।

आजको आधुनिक बेलामा पनि आफ्नो उपचार गराउनुका साथै धेरैजसो पशुपालक आफ्नो रोगी पशुहरुको उपचार आफैं स्वयम गर्दछन् । अत्याधिक अथवा गम्भीर अवस्थामा नै यिनिहरु चिकित्सकसँग उपचरका लागि जान्छन् । यति मात्र हैन धेरैजसो चिकित्सक, पशुचिकित्सकहरु पनि आधुनिक चिकित्सा पद्धतिका साथसाथै बजारमा उपलब्ध स्थानीय जडीबुटिहरुबाट तयार भएका औषधिहरुले उपचार गरिराखेका छन् । अतः आजको यस आधुनिक दौरमा विलुप्तप्रायः वनस्पतिहरुमाथि गहन शोध कार्यको आवश्यकता छ । आज विश्वमा परम्पारगत पशुचिकित्साको एउटा राम्रो उदाहरण प्राकृतिक (जैविक) खेतीलाई लिन सकिन्छ जसमा न केवल युरिया आदि उर्वरकहरु बरु रसायनिक किटनाशकहरुको पनि उपभोग पनि बर्जित छ एवम् धेरै नै कम मात्रामा मलखादको उपयोगले राम्रो कृषि उत्पादन लिइराखेको छ । जसले गर्दा अन्नको माध्यमबाट मानव आहार श्रृङ्खलामा पुग्नसक्ने घातक रसायनहरुलाई रोक्न प्रभावकारी मानिएको छ ।

यसै प्रकारले प्राकृतिक खेती अन्तरर्गत उत्पादितन घाँसबालीबाट प्राप्त हुने घाँसहरु पशुहरुलाई खुवाउने पशु आहार श्रृङ्खलामा प्रवेशोपरान्त मात्र पशुजन्य दुध एवम् फूल, मासु जस्ता उत्पादनहरुमा कीटनाशकहरुको अन्य समाप्त गर्न सकिन्छ बरु यसको माध्यमबाट पशु चिकित्सा मानवीय समाजलाई निरोगी शरीर राख्नमा सहायक सिद्ध हुनसक्छ । पशुजन्य उत्पादनहरु माथि भएको अनुसन्धानबाट ज्ञात भएको छ कि मनुष्यमात्र हैनन् पशुहरु पनि रसायनहरुबाट अछुतो छै्रनन् । पशुजन्य उत्पादन खासगरी प्रत्येक मानिसको दैनिक आहारको हिस्सा दुध पनि यसबाट अछुतो छैन । यी अनुसन्धानहरुबाट यो ज्ञात हुन्छ कि मानिसहरुका साथसाथै पशुहरुमा पनि यी रसायनहरुबाट रोगहरु बढिराखेका छन् । कीटनाशकयुक्त दुध लागातार सेवन गर्नाले कैयौं प्रकारका रोगहरु हुने गर्दछ । जसमा मुख्य रुपमा क्यान्सर, मृगौलाको रोग, कलेजोको रोग, हृदय रोग, उच्च रक्तचाप, उदर रोग, आँखाको रोग प्रमुख छन् । रसायनयुक्त आहारले पशु तथा मानिसमा रोग प्रतिरोधात्मक क्षमता कम हुने गर्दछ ।

यी रोगहरुका कारण औषत आयु पनि कम हुन्छ । खेतीमा अन्धाधुन्द रसायनहरुको प्रयोगले धेरैजसो पंक्षि जस्तो कि भँगेर, काग, गिद्धहरुको संख्यामा ठूलो मात्रामा कमी आएको मात्र होइन लोपोन्मुख पनि भएका छन् । यस्तो स्थितिमा एथनोभेटेरिनरी चिकित्सा एवम् रसायनयुक्त खेतीको माध्यमबाट पशुजन्य उत्पादनहरुबाट यीनको संदुषणलाई हटाउन सकिन्छ । यस पृथ्वीमा वनस्पतिको रुपमा अवस्थित या उत्पादित संसाधनको विना जीवनयापन सम्भव छैन यी । कुराहरुको अनुमानस यसै कुराबाट लगाउन सकिन्छ कि शरीरलाई ऊर्जा प्रदान गर्नका लागि वनस्पतिहरुको नै सेवन गरिन्छ । पशुहरुबाट दूध उत्पादन गर्न वनस्पति जनित आहार दिइन्छ ।

विश्वको पहिलो प्रतिजैविक औषधि पेन्सिलिन पनि वनस्पति जनित नै हो र आज पनि विभिन्न प्रकारका वनस्पति जनित प्रतिजैविक औषधिहरुको उपयोग निरन्तर जारी छ । दुध उत्पादन गर्ने पशुको चारो दाना आहार बन्द गर्नाले मात्रले तिनको शारीरिक स्वास्थ्य कमजोर हुनुका साथसाथै यीनको दुध उत्पादन पनि अत्याधिक कम हुन जान्छ । अतः वनस्पति जनित औषधि विज्ञानरुपी आयुर्वेदलाई कहिले पनि नजरअन्दाज गरिनुहुन्न । यही वनस्पतीय औषधि विज्ञानले नै रुग्ण हुँदै गरेको शरीरलाई ठीक पार्नमा सक्षम छ । आज आवश्यकता छ त मात्र यस तर्फ गहनतापूर्वक सोचविचारको, यस तर्फ सकारात्मक कदम बढाउनुपर्ने एवम् आधुनिक चिकित्सा पद्धतिसँग साथसाथै वनस्पतीय औषध विज्ञानरुपी इथनो भेटेरिनरी चिकित्सालाई पनि ताकि भविष्यका कैयौं नयाँ रोगहरुको मडारिदो जोखिमलाई कम गर्न सकियोस् ।

हुलाकी परम्परागत चिकित्सा एवम् पशु चिकित्साको क्षेत्रहरुमा धेरै साह्रो कामहरु निरन्तर भइ राखेको छ । जुन पशुपालकहरुको आजीविका बढाउनमा सहयोग दिन सक्दछ । यतिमात्र हैन यदि पशु चिकित्साको ज्ञाता य दिशामा सकारात्मक विचारका साथ काम गर्छन भने एक चिकित्सा एक विश्व एक स्वास्थ्यको दृष्टिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छन् । यसबाट मानवीय चिकित्सक, पशु चिकित्सक, कृषि वैज्ञानिक आयुष चिकित्सक एवम् पर्यावरण संरक्षक मुख्य भूमिका निर्वाह गर्न सक्षम हुनेछन् । एक शताब्दी पहिले रुडोल्फ विचाँवले पनि भनेका थिए पशु तथा मानव चिकित्साका बीच कुनै विभाजित रेखा छैन नत हुनु पर्दछ । बस्तु बेग्लाबेग्लै हुन तर प्राप्त अनुभव सवैखाले चिकित्सा प्रणालीहरुको आधार बन्द छ । यदि यस आधुनिक दौरमा रुडोल्फ विरचाँवको शब्दलाई गहनतापूर्वक विचार गर्नेहो भने आयुर्वेदको माध्यमबाट परम्परागत चिकित्सा पद्धछिको समावेसबाट एक चिकित्सा एक स्वास्थ्य, एक विश्वको परिकल्पना गर्न सकिन्छ ।

अतः इथनो भेटेरिनरी चिकित्साको अहम भूमिका हाम्रो सामाजिक परिवेशमा अहिले पनि बखुवी कृयाशील छ । जसलाई आधुनिक वैज्ञानिकस्तरमा बढाउनु पर्ने आवश्यकता छ, जसलेगर्दा विलुप्त प्राय यस पद्धतिबाट लाभ उठाउन सकियोस जसमा पशुस्वास्थ्य एवम् पशु विज्ञान विशेषज्ञले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछन् तर भन्नै पर्ने हुन्छ, आजको एत्तर आधुनिक हाइटेक प्रविधि तथा फेसबुक संस्कृतिमा अभ्यस्त पुस्ता सुपर सोनि कंकड विमान चढी विश्व पर्यटन उक दिन मै गर्न सकिने बेलामा के जान्थे होलान जनकपुर जयनगरको रेल कुन्नी तर पनि कोभिड–१९ महामारीको बेला आजको उत्तर आधुनिक चिकित्सा सेवा प्रणाली विश्वमै निराश भएको बेला हाम्रो ध्यान इथनो भेटेरिनरी चिकित्साले इङ्गित गरेको कुरा बुझ्लान कि ? (लेखक एम.भी.एस्सी प्रिभेन्टिभ भेटेनरी मेडिसिनका अध्येयता तथा नेपाल सरकारका सेवा निवृत्त बरिष्ठ पशु चिकित्सक हुन् ।)