हत्यारासहित डिएसपी र एसपीमाथि कारवाही नभए आन्दोलनको चेतावनी

बाँके । सत्य, तथ्य र यर्थाथपरक समाचार लेखेकै कारण पत्रकारलाई थुन्नेदेखि मुद्दा लगाउनेसम्मको धम्की दिन खप्पीस बाँके प्रहरीको उच्च नेतृत्व यतिबेला एउटा हत्या घटनामा विवादीत बनेको छ ।

बाँकेको जानकी गाउँपालिका बेलभार आसपासमा केही दिनअघि भएको नन्कुन्नी धोकीको हत्या प्रकरणमा बाँकेका एसपी श्यामकृष्ण अधिकारीदेखि डिएसपी मधुसुदन न्यौपानेसमेत विवादीत बनिरहेका छन् ।

पत्रकारलाई समाचार लेखेकै कारण कार्यालय परिसरमै बोलाएरै धम्काएका एसपी अधिकारीले यस घटनामा मानव अधिकारकर्मीलाई समेत उस्तै गरी त्रर्साएका छन् । दुर्व्यवहार गरेको खुलेको छ । एसपी अधिकारी र डिएसपी न्यौपानले राजनीतिक आड तथा प्रहरीको उच्च नेतृत्व आफ्नो पक्षमा भएको भन्दै उक्त हत्या घटनाको उजुरीसमेत दर्ता गरेका छैनन् ।

आफ्ना कमीकजोरबारे औल्याएको वा टिप्पणी गरी समाचार लेखेको निहुँमा पत्रकारलाई धम्काउने, त्रसाउने र दादागिरी शैलीमा अपशब्द प्रयोग गर्ने बाँके प्रहरीले जानकीमा भएको यतिठुलो जघन्य अपराधमा कटिानी जाहेरी हुँदा पनि उजुरी नै दर्ता नगर्नुलाई बाँकेबासी नागरिकले गम्भीरताका साथ लिएका छन ।

बाँके प्रहरी राजनीतिक दबाबमा परेर उक्त उजुरी दर्ता नगरेको हुन सक्ने नागरिकको बुझाई रहेको अधिकारकर्मी रुबी खान बताउँछिन् । मृतक नन्कुनी धोबीका भाई र बहिनीले किटानीसहित बाँके प्रहरीमा कानूनी कारवाहीका लागि उजुरी दिएको बताएका छन् ।

‘हामीले उजुरी दिएका छौं बाँके प्रहरीले दर्ता गर्न मानेको छैन,’ मृतक नन्कुनीका भाई माताप्रसाद धोबीले भने, ‘पीडितलाई न्याय दिनुको साटो बाँकेका एसपीले उल्टै झपारेर पठाएका छन् । यसप्रति गम्भीर दुःख लागेको छ ।’ राजनीतिक दबाबमा परेर एसपी अधिकारी र डिएसपी मधुसुदन न्यौपानेले उक्त उजुरीसमेत दर्ता नगरेको महिला उपकार मञ्चद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उक्त विज्ञप्तीमार्फत मृतक नन्कुन्नी धोकीको भाई माताप्रसाद धोबीले दिएको ज्यान सम्बन्धी कसुरको मुद्दा अबिलम्ब दर्ता गरि दोषीलाई कारवाहीको माग गरिएको छ । यदि तोकिएको समयभित्र उक्त उजुरी दर्ता नभई किटानी जाहेरीका व्यक्ति र बाँकेका डिएसपी तथा एसपीमाथि कारवाही नभए यसविरूद्ध कडा आनदोलन गर्ने पीडित पक्षसँगै महिला उपकार मञ्च र अधिकारकर्मीले चेतावनीसमेत दिएका छन् ।

सोही विज्ञप्तीमा राजनीतिक दबाबमा परेर पीडकको वकालत गर्ने जस्ता प्रवृत्तिले महिला हिंसामा टेवा पु¥याएको र महिला अधिकारकर्मीसँग अपमानित व्यवहार गरेको थुन्ने धम्की दिएको दुव्र्यवहार गरेको भन्दै बाँकेका एसपी श्यामकृष्ण अधिकारीमाथि पनि तत्काल छानबनि गरी कारवाही गर्न माग गरिएको छ ।

स्मरणहोस, एसपी अधिकारीले बन्दुकको फुल्ली तथा राजनीतिक पहुँचका आधामा यसअघि पत्रकालाई समेत कामुखमा ल्याउन विविध धम्की दिएका थिए । उनीविरूद्ध राष्ट्रिय मानवअधिकार आयोग र अन्तराष्ट्रिय अदालतको समेत ध्यानाकर्षण गराइएको छ । तत्कालिन एसपीको सरूवापछि विगत एक महिनायता बाँकेको सुरक्षा अवस्था कमजोर देखिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर लगायतका शहरीक्षेत्रमा दैनिक लुटपाट, चोरी, डकैतीका घटना भैरहेका छन् । कोहलपुरमा त हत्याका घटना पनि भएका छन् । तर, सुरक्षा व्यवस्थापनमा असफल बाँके प्रहरी यतिबेला विविध घटनाको अनुसन्धानमा समेत असफल देखिएको छ । –ईसेतोखरीबाट