बाँकेमा शुक्रवार थप १३ जनामा कोरोना पुष्टि

कोरोनाबाट थप कसैको मृत्यु भएको छैन

बाँके । बाँकेमा शुक्रवार थप १३ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको बाहिरी जिल्लाका समेत गरी १५३ नमुना परीक्षणमा बाँकेका ४ जनासहित १३ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप कसैको मृत्यु भएको छैन ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जना, मेडिकलमा कलेज कोहलपुरमा ६ जना र बागेश्वरी ल्याबमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।

हालसम्म बाँकेमा १७ हजार ६ सय १७ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार २ सय ३८ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय २२ जनाको मृत्यु भएको छ ।

जिल्लामा ५७ जना सक्रिय संक्रमित रहँदा २७ जना अस्पताल र आइसोलेसनमा छन् भने ५२ जना होम आइसोलेसनमा छन् ।