बुधबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बुधबार नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ।

यस दिन छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ९१ ८ सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने घटेको छ।

चाँदीको मूल्य बुधबार तोलामा १५ रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।