साउदीको ‘रेड लिस्ट’ बाट नेपाल हट्यो

एजेन्सी । साउदी अरबले ‘रेड लिस्ट’ बाट नेपाललाई हटाएको छ । कोरोना संक्रमणको जोखिमलाई लिएर साउदीले जारी गरेको नयाँ ‘रेड लिस्ट’मा भारत लगायत १६ देश छन् ।

रेड लिस्टमा परेका देशको भ्रमण गर्नेलाई साउदी सरकारले तीन वर्षको यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यसअघि नेपाल पनि ‘रेड लिस्ट’ मा थियो।

नयाँ ‘रेड लिस्ट’ मा भारत, युएई, लिविया, सिरिया, लेबनान, यमन, इरान, टर्की, आर्मेनिया, इथोपिया, सोमालिया, कंगो, अफगानिस्तान, भेनेजुयला, बेलारुस र भियतनाम छन् ।