बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ ।

बैठकमा नेपाली काङ्ग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रबक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्छ ।

त्यस्तै जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोककुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, गठबन्धनको बैठकमा एमाले माधवकुमार नेपाल समूहबाट डा. विजय पौडेल सहभागी हुनुभएको छ ।