मलेसियाबाट एकैपटक ल्याइयो २४ शव र तीन वटा अस्तु

काठमाडौं । मलेसियाबाट एकैदिन २४ शव र तीनवटा अस्तु नेपाल ल्याइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को जहाजले मलेसियाबाट २४ नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जनाएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाल ल्याइएका ती शव र अस्तु आजै आफन्तको जिम्मा लगाइएको छ ।