बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

 बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–११ धामीलेकमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २८ वर्षीय महेश्वरी जोशी घाँस काट्ने क्रममाभीरबाट लडेर गम्भिर घाईते भएकी र जिल्ला अस्पताल सिमखेतमा उपचारको क्रममा जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिनुभएको छ ।

घर नजिकै रहेको तिनतोशीभीरमा घाँस काट्न गएकी जोशी विहिबार साँझ लडेर गम्भिर घाइते भएकी थिन ।