Loading... आजः २१ श्रावण २०७८, बिहीबार

कोरोना खोप लिन आज राति चीन जाँदै निगमको जहाज

कोरोना खोप लिन आज राति चीन जाँदै निगमको जहाज

काठमाडौ । कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लिन नेपाल वायु सेवा निगमको जहाज आज राति चीन जाँदैछ । चीनसँग खरिद गरिएको खोप लिन बुधबार राति ११ बजे जहाज चीन पठाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आज राति चीन प्रस्थान गर्ने जहाज खोप लिएर भोली (बिहीबार) दिउँसो २ बजे नेपाल आइपुग्ने कार्यतालिका छन् । त्यसैगरी भोली राति ११ बजे फेरि सोही जहाज बाँकी खोप लिन चीन जाने पौडेलले जानकारी दिए । चीनबाट अनुदानसहित ४८ लाख डोज खोप नेपाल आउने निश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख डोज खोप नेपाल ल्याइसक्ने तयारी छ । पछिल्लो समय चीनले थप १८ लाख डोज खोप अनुदानमा दिएको छ । गएको असार २५ गते आठ लाख मात्रा खोप नेपाल ल्याइएको थियो ।