Loading... आजः १२ श्रावण २०७८, मंगलवार

सामान्य विवादपछि घरधनीको विभत्स हत्या

सामान्य विवादपछि घरधनीको विभत्स हत्या

विराटनगर । उदयपुरमा घरमा काम गर्ने व्यक्तिले नै घरधनीको विभत्स हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका ८ उत्राहीका ६५ वर्षीय महिकर चौधरीको बुधबार बिहान घरमा काम गर्दै आएका सहयोगीबाट हत्या भएको हो ।

प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले सामान्य विषयमा भएको विवादले हत्याको रुपमा लिएको जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको बताएका प्रवक्ता गौतमका अनुसार हत्या आरोपी ४५ वर्षीय किसन सदालाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिइसकेको छ ।

बिहान करिब सवा ५ बजे सामान्य विषयको विवादका क्रममा सदाले चौधरीउपर पाँचपटकसम्म खुकुरी प्रहार गरेको खुलेको छ । कामदारका रुपमा घरमा रहेका सदाले खुकुरीबाट चौधरीको घाँटीमा आक्रमण गरेका थिए ।