Loading... आजः २१ श्रावण २०७८, बिहीबार

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला अधिकतम ९३ हजार २०० रुपैया पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको तुलनामा थप ४०० रुपैयाँले मूल्य बढ्दै मंगलबार सुनको मूल्य ९३ हजार २०० रुपैयाँ पुगेको हो ।

आज यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ४०० रुपैयाँले नै बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

तर यता लगातार गिरावटमा रहेको चाँदीको मूल्य भने मंगलबार समेत प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।