भिसाका कारण सन्दीपले गुमाए द हन्ड्रेड क्रिकेट

भर्खरै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाएका छन् ।

भिसाको कारण ओभल इन्भिन्सिबलमा आबद्द सन्दीपले द हन्ड्रेड गुमाएका हुन् । सन्दीपले सामाजिक संजालबाट द हन्ड्रेड गुमाएको पुष्टि गरेका छन् । सन्दीपले टिएर ५ भिसा पाए पनि प्रतियोगिता खेलको लागि अनुमति नपाएको आफ्नो स्टाटसमा उल्लेख गरेका छन् ।

अब सन्दीपको स्थानमा दक्षिण अफ्रिकी बलर ताब्रेज शाम्सीले इन्भिन्सिबलबाट खेल्ने बताइएको छ । सन्दीप पहिलो संस्करणको प्रतियोगिताका लागि इंग्ल्यान्ड पुगिसकेका थिए । उनको क्वारेन्टिन अवधि आज सकिएको थियो ।

१०० बलको हुने प्रतियोगिता बिहीबारबाट सुरु हुने तालिका छ । पहिलो खेलमा इन्भिन्सिबल र म्यानचेस्टर ओरिजिनल्सबीच खेल हुनेछ । भिसाकै कारण सन्दीपले यस अघि भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट गुमाएका थिए ।