Loading... आजः २१ श्रावण २०७८, बिहीबार

नदीमा बगेका दुई बालिकाको अवस्था अझै अज्ञात

नदीमा बगेका दुई बालिकाको अवस्था अझै अज्ञात

प्युठान । हिजो दिउँसो पौडी खेल्ने क्रममा प्युठानको माडी नदीमा बगेर बेपत्ता भएका दुई बालिकाको अवस्था अझै पनि अज्ञात रहेको छ । जिल्लाको सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापा मगरकी सात वर्षीया छोरी शर्मिला थापा मगर नदीमा पौडी खेल्नेक्रममा बेपत्ता भएका थिए ।

उनीहरूको खोजी कार्य जारी रहे पनि अझै भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए । घरबाट बाख्रा चराउन गएका बालिका नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएको स्थानीयवासीको भनाई रहेको प्रहरीले जनाएको छ । अहिले स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको मल्लले बताए ।