Loading... आजः ९ श्रावण २०७८, शनिबार

ओलम्पिकका लागि टोकियो पुगेका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि

ओलम्पिकका लागि टोकियो पुगेका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । टोकियो ओलम्पिकमा सहभागिताका लागि गएका दुई दक्षिण अफ्रिकी फुटबलरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

टोकियोमा रहेको एथ्लेट्स भिलेजमा बसेका दुई खेलाडीमा संक्रमण देखिएको हो र यो एथ्लेट्स भिलेजमा संक्रमणको पहिलो घटना हो । टोकियो ओलम्पिक आउँदो शुक्रबारदेखि सुरु हुँदैछ ।

दक्षिण अफ्रिकाको फुटबल एसोसिएसनले थाबिसो मोन्यन र कामोहेलो माह्लाट्सी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेको छ ।