Loading... आजः १२ श्रावण २०७८, मंगलवार

परपुरुषसँग हाँसेको भन्दै श्रीमतीको कान काटेर हातमा थमाई दिने मनोज पक्राउ

परपुरुषसँग हाँसेको भन्दै श्रीमतीको कान काटेर हातमा थमाई दिने मनोज पक्राउ

बझाङ । श्रीमतीको कान काटेर हातमा थमाई दिने मनोज नेपाली पक्राउ परेका छन ।

जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. १ भण्डारका २५ वर्षिया मनोज नेपाली आज जयपृथ्वी नगरपालिका वडा नं. ७ को कचाली खोला नजिकैवाट प्रहरीले पक्राउ गरेको हो ।

निज नेपालीले गत असार ३० गते आफ्नै श्रीमतीलाई मदिरा सेवनगरी परपुरुषसँग किन हाँसेको भन्दै चक्कुले कान काटेका थिए ।

पिडित मनोज नेपालीकी श्रीमती जानकी नेपालीको कान चक्कुले काटेपछी हातमा राखेर अस्पतालमा गएर जोडी माग्नु भन्दै उनी फरार भएका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खोज तलासका लागी प्रहरी नै परिचालित भएको भएपनि आज साधा पोसाकमा खटिगएको प्रहरी टोलीले कचाली खोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिनुभयो ।

साथै नेपाली माथी ज्यान मार्ने उद्योगमा मुद्धा दर्तागरी अनुसन्धान अघाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनुभयो ।

२६ वर्षिया मनोज नेपालीसँंग ६ वर्ष पहिले मागी विबाह गरेकी जानकी नेपालीले बारम्बार घरेलु हिंसा भोग्ने गरेकी र विहे गरेको दुइ महिना नवित्दै हिंसाको सिकार हुन पुगेकी जानकीे अहिले हिंसाकै कारण बेलाबेला मानसिक सन्तुलन गुमाउने गरेको उनका दाई गोविन्द नेपालीले बताए ।

गत असार ३० गते राती पनि मदिराको मातले लट्ठ भएका मनोजले एकजना आफन्त सँग दिउँसो किन हाँसेको ? भनेर उनलाई जे हातमा पर्यो त्यही सामानले कुटेको र आफु बेहोस भएर ढलेपछी चक्कुले कान काटेको उन्ले बताइन् ।

तइती मात्र नभई कान काटेपछी काटेको ठाँउमा दाँतले चपाएर रगत चुसेको उनले बताएकी छन् ।अहिले उनको काटिएको कानको शल्यक्रिया भएको छ ।

शल्यक्रिया सम्पन्न भएको भए पनि कान जोडिने नजोडिने केही निश्चित नभएको जिल्ला अस्पताल बझाङका चिकित्सकहरुले बताएका छन ।

१५ वर्षको उमेरमा ९ कक्षा पढ्दै गर्दा विवाह गरेकी उनले छ वर्षको अवधीमा श्रीमानको कुटाइका कारण पटक पटक मृत्युशैयामा पुग्नु परेको बताएकी छन् ।

श्रृङखलाबद्ध रुपमा अमानविय यातना भोगेकी भए पनि जानकीले हाल सम्म कानुनी उपचार पाएकी छैनन । भारतमा घटना भएको बेला समेत उनका सासुससुराले छोरा विरुद्ध भारतिय प्रहरीमा उजुरी गरेको भए पनि कुनै कारबाही नगरी छाडिदिएको उनका दाजु गोविन्द नेपालीले बताउनुभयो ।

यस पटक पनि उनिहरुले न्यायका लागी भन्दै प्रहरीमा उजुरी दिएका छन ।