कालापहाडको मजदुरी छोडेर तरकारी खेती

भर्खरै

बझाङ । विहानै उठेर तरकारीको रेखदेख गर्नु, तरकारीका बोटमा पानी तथा मल हाल्नु बझाङको वित्थडचिर गाँउपालिका १, आनन्दपुरका कलक बोहराल दैनिकि बनेको छ ।

तरकारीबारीमा सधै व्यस्त देखिने बोहरा कालापहाडको मजदुरी छोडेर तरकारी खेतीतर्फ आकर्षित भएका छन । भारतको पिथौरागड, झुलाघाट, मुन्सारी, धार्चुला लगायतका ठाँउमा ज्याला मजदुरी गर्दै आएका बोहराको गत बर्षको कोरोना महामारीले मजदुरी खोसे पछि उनी घर फर्किएका थिए ।

मजदुरी गरेर कमाएको पैसाले घरखर्च ठिक्क हुने हँदा व्यवसाय गर्नपनि सकिने अवस्था थिएन । कोरोना माहामारीले ज्यालामजदुरी छुटेपछि उनी आम्दानीको नयाँ बाटो खोज्न थाले ।

त्यसै समयमा गाँउमा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले आनन्दपुर सोलार लिफ्टिीङ खानेपानी योजना निमार्ण हुदै गरेको देखेपछि उनले तरकारी खेती गर्ने सोच बनाए ।

खानेपानी योजना बन्नु अघि आधा घण्टा टाढा बाट पानी बोकेर पिउनु पर्ने बाध्यता थियो । योजना निमार्ण भएपछि तरकारी खेतीको राम्रो अवसर देखेका बोहराले धारा बाट निस्कने खेरगएको पानी जम्मा गरेर तरकारी खेती सुरु गरे ।

सुरुमा उनले खेर गएको पानी जम्मा गरेर प्याज, बन्दा, टमाटर, फर्सि र खुर्सानिको बेर्ना उमार्ने तयारी गरे । बेर्नाको उत्पादन पनि राम्रै भयो ।

बेर्ना राखेको छ भन्ने थाहा पाए पछि नजिकैका गाँउबाट आफ्नै घरायसी प्रयोजनका लागी बेर्ना किन्ने आउन थाले । बेर्ना किन्ने मानिसहरु आउन थालेपछि उनले बेर्ना संगसंगै तरकारी खेती सुरु गर्ने निधो गरे ।

यसै समयमा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना अन्र्तगतको जिवीकोपार्जन कार्यक्रमले आयोजना गरेको करेसावारी व्यवस्थापन सम्बन्धि छलफलमा सहभागि हुन पुगे ।

यस छलफलमा उनले थप तरकारी खेती बारे जानकारी पाएपछि उनी अहिले बेर्ना उत्पादन गर्ने मात्र नभई तरकारी खेती पनि व्यवसायिक रुपले सुरु गरेका छन ।

हाल उनी अन्य किसानहरुलाई बेमौसमी तरकारी खेती, बीउबिजन, रोगकिरा तथा विषादीका बारेमा पनि जानकारी दिने गरेका छन ।

परम्परागत खेतीबाट बर्षभरि खान पनि पुग्दैन । पहिले त गाँउमा खानेपानीको समस्या थियो । तरकारी खेती गर्न सकिएन । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले खानेपानी आयोजना निमार्ण गरेपछि एकदम सहज भएको छ ।

उनले भने हिउँदमा शीतलहर तथा तुसारोबाट तरकारीलाई जोगाउन टनेलले मद्दत गर्नेगर्छ । त्यस्तै वर्षाको समयमा रोग किराबाट बताउन टनेलले सहयोग गर्ने गरेको छ ।

आर्थिक अवस्था कमजोर भएकाहरू पनि तरकारी खेती गरेर आत्मनिर्भर हुँदै आएका छन । बाँसका टहरामा प्लास्टिक लगाएर टर्नेल बनाई बाह्रै महिना तरकारी खेती गर्न सकिन्छ । मैले अहिले ३ रोपनी जग्गामा तरकारी उत्पादन सुरु गरेको छु । जिल्ला कृर्षि ज्ञान केन्द्रले टनेल निमार्णमा सहयोग गरेको बताउनुभयो ।

गत बर्षको कोरोनाका कारण भएको बन्दाबन्दीको समयमा पनि उनले तरकारीका बेर्ना बेचेर मात्रै ५० हजार भन्दा बढी कमाए । तरकारी बाट पनि राम्रो आम्दानी हुन थालेको उहाँको भनाई छ ।

अहिले वित्थरचिर गाँउपालिकाका वित्थड, देउलेख, सुनकुडा र बैतडीको श्रीभावर ढोल्यामोड सम्म टमाटर र अन्य तरकारी पु¥याउने गरेका छन ।

कृषिमा राम्रो आम्दानी भएपछि हौसिएका बोहराले भन्नुभयो, ‘अब कृषितिरै लाग्छु । युवा जनशक्तिले कृषि उत्पादन गरेर गाउँलाई स्वरोजगार र आत्मनिर्भर बनाउनुपर्छ ।’

युवा अवस्थाको जोश जागर र शक्ति विदेशी भूमिमा सक्ने र बुढेशकालमा स्वदेश फर्कने प्रवृतिका कारण उब्जनी हुने खेतीयोग्य जमिन पनि बाँझिँदै गएर उत्पादन घटने गरेको बताउनुभयो ।

जिल्लाका अधिकांस क्षेत्रका युवाहरु भारतबाट फर्केर प्लास्टिक टनेलभित्र गोलभेंडा, सिमी, बोडी, घिरौला, काँक्रालगायत तरकारी खेतीमा लागेका छन ।

जिल्लाको थलारा, छविसपाथीभेरा लगायतका गााउपालिकाका स्थानियहरु ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना अन्र्तगतको जीवीकोपार्जजन कार्यक्रम बाट तरकारी खेतीमा लागेका छन ।

कोभिड–१९ को महामारीमा पनि बजार र घरमै आउने ग्राहकलाई तरकारी पु¥याउन भ्याइनभ्याइ छ । कोरोना संक्रमणका बेला तरकारी माग धेरै भयो । घरमा यत्तिकै बस्नुभन्दा आफैं तरकारी उत्पादन गरेर उपभोक्तालाई अर्गानिक तरकारी खुवाउन उनीहरु सक्रिय छन ।

तरकारी खेतीका लागी आवश्यक सिँचाई गर्न पानीको व्यवस्था भए संगै हरेक घरपरिवारलेआफ्नै लागी पनि पाखोबारीमा तरकारी खेती गरेका छन । अहिले करेसावारीमा काउली, बन्दा, मुला, साग, भिन्डी, फर्सीलगायत तरकारी उत्पादन भएका छन । पानी नहुँदा तरकारी खान पाईएको थिएन ।

हाम्रो तिर बढी जसो आलु उत्पादन हुने हुँदा त्यसकै तरकारी बनाईन्थ्यो । बुङगल नगरपालिका वडा नं १ काडाका मंगल धामीले भन्नुभयो, ‘अहिले खानेपानी योजना निमार्ण भए संगै परिवारकै लागी भएपनि तरकारी उत्पादन गर्न सकिएको छ । ’

ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका जीवीकोपार्जन प्रवर्धक नरेन्द्र बोहराका अनुसार गाँउमा एक घर एक धारा भएपछि स्थानियहरुले आफ्नै लागी पनि खेर गएको पानीले तरकारी खेतीगर्र्दैे आएका छन ।

बोहराले भन्नुभयो, ‘पानीको धारा बाट खेर गएको पानी नजिकै खाल्डो बनाई जम्मा गर्ने र आवश्यक परेका बेला सिंचाई गर्ने गरेका छन ।

यो संगै उनीहरु स्वच्छ पिउने पानी संगै अर्गानिक तरकारीपनि खान थालेका छन । ’ हरेक गाँउमा समुह भएका र आफुहरुले बेला बेला जीवीकोपार्जन तथा सरसफाईका बारेमा परामर्श दिने गरेको बताउनुभयो ।