Loading... आजः ९ श्रावण २०७८, शनिबार
केन्द्रीय कमिटीको १४औँ बैठक

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, २२ सांसदलाई कारबाही हुन सक्ने

बैठक च्यासलस्थित स्मृति प्रतिष्ठानको भवनमा
एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, २२ सांसदलाई कारबाही हुन सक्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । प्रधानमन्त्रीबाट हटाईएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगातार पार्टी संरचनाको बैठक राखिरहनुभएको छ ।

केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ ।

हिजो मात्रै पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा २२ सांसदले विश्वाशको मत दिएपछि आज बस्न लागेको केन्द्रिय कमिटिको बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

एमाले स्थायी कमिटिको बैठकले हिजो देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमाले रहन नसक्ने निर्णय गरेको थियो । आजको बैठकले नेकपा एमालेमा विगत तीन महिनादेखि जारी एकताको प्रयासलाई कता लैजान्छ भन्ने चासो बढेको छ ।