Loading... आजः २१ श्रावण २०७८, बिहीबार

प्रधानमन्त्री देउवालाई ओलीको बधाई

प्रधानमन्त्री देउवालाई ओलीको बधाई

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै हात मिलाएका छन् । विश्वासको मतसम्बन्धी प्रस्तावमा मतविभाजन सुरु हुनै लाग्दा प्रतिनिधि सभाको बैठकमा प्रवेश गरेका ओलीले देउवासँग हात मिलाएर बधाई दिएका हुन् ।

केही समयअघि ओली सदनमा उपस्थित नभएको भनी देउवाले नै रोष्ट्रमबाट आलोचना गरेका थिए । देउवा बोलेर आफ्नो सिटमा बसेपछि ओली प्रतिनिधि सभामा प्रवेश गरेकन थिए । प्रवेश लगत्तै देउवाले केही भनेका थिए । प्रधानमन्त्री देउवाको भनाईपछि ओलीले हात अघि बढाएर बधाई दिएका थिए ।