ओली पक्षका सांसद प्रेम आलेद्वारा ‘फ्लोर क्रस’

भर्खरै

काठमाडौं । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा प्रतिनिधिसभामा फ्लोर क्रस भएको छ । एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद प्रेम आलेले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । यसअघि उनी मन्त्री माग्दै बूढानीलकण्ठमा पुगेको खबर सार्वजनिक भएको थियो ।

यस्तै नेपाल पनि देउवालाई विश्वासको मत दिने लाइनमै छन् । नेपाल पक्षका सांसद मेटमणी चौधरीले २३ सांसदले विश्वासको मत दिन लागेको दावी गरे । यसअघि केही नेपाल पक्षीय सांसद भोट नहाल्ने भन्दै बाहिरिएका थिए ।

ओली पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो । आइतबारै बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले देउवालाई मत दिनेहरु एमालेमा नरहने बताएका थिए । त्यस्तै, नेपाल पक्षका केही सांसद्हरु भने संसद् बैठक चल्दाचल्दै बाहिरिएका थिए ।