Loading... आजः ९ श्रावण २०७८, शनिबार

नेमकिपा विश्वासको मतमा सहभागी हुँदैन : सांसद सुवाल

नेमकिपा विश्वासको मतमा सहभागी हुँदैन : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) प्रतिनिधि सभामा हुन गइरहेको प्रधानमन्त्रीको विश्वासको मतको कार्यक्रममा सहभागी नहुने भएको छ । दोस्रो पटक पुनःस्थापित प्रतिनिधि सभा बैठक सम्बोधन गर्दै नेमकिपाका सांसद प्रेम सुवालले कार्यक्रममा सहभागी नहुने बताएका हुन् ।

‘आजको यो प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमा भाग नलिने व्यहोरा अनुरोध गर्न चाहन्छु,’ उनले भने । यसअघि केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरेको नेमकिपा शेरबहादुर देउवाको पक्षमा भने तटस्थ बस्ने जनाएको हो । प्रतिनिधि सभामा नेमकिपाका एक जना मात्रै सांसद छन् ।