अन्धाधुन्ध गोली प्रहारबाट ६ वर्षिय बालिकाको मृत्यु

काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा स्थानीय समयअनुसार शुक्रबार राति अन्धाधुन्ध गोली प्रहार हुँदा एक ६ वर्षकी बालिकको मृत्यु भएको छ । यो घटनामा अन्य पाँच व्यक्तिहरु घाइते भएको सीएनएनले जनाएको छ ।

वासिङ्टन प्रहरीका अनुसार कारमा सवार व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । मृत बालिकाको नाम निय कोर्टनी भएको बताइएको छ । प्रहरीले यतिबेला गाडीमा सवार बन्दुकधारीको खोजी गरिरहेका छन् । अमेरिकामा बन्दुकबाट हुने हिंसा धेरै मात्रामा भइरहन्छ ।

यसवर्ष मात्र अमेरिकामा हालसम्म ३६१ गोलीकाण्ड घटेका छन् । बन्दुक राख्न पाइने नियमका कारण बन्दुकबाट हुने हिंसा बढेको बताइएको छ । पछिल्लो समय अमेरिकामा एजल्ट राइफल राख्न नपाइने नियम बन्नुपर्ने माग उठेको छ ।