Loading... आजः ९ श्रावण २०७८, शनिबार

ओली पक्षले भन्यो, ‘एमाले एकताप्रति नेपाल पक्ष अनिच्छुक’

ओली पक्षले भन्यो, ‘एमाले एकताप्रति नेपाल पक्ष अनिच्छुक’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताप्रति इच्छुक नदेखएको निष्कर्ष निकालेको छ । कार्यदलका सदस्यहरुको छलफलमा नेता माधवकुमार नेपालले अरु सांसदले नदिए पनि आफूले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने धारणा राखेको एमालेका सचिव प्रदीप ज्ञवालीले बताएका हुन् ।

सचिव ज्ञवालीका सिलसिलामा दस बुँदे सहमतिको रक्षाका लागि पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गरेको र आफू निश्चित विन्दुमा पुगिसकेको कारण आफू एक्लै भए पनि विश्वासको मतको पक्षमा मतदान गर्ने बताएको जानकारी दिए ।

‘उहाँको तर्फबाट विगतमा कार्यदलमा रहनुभएका साथीहरुले त्यस्तो गर्नु उचित नहुने र जे निर्णय गर्दा पनि संस्थागत निर्णयबाट कुरा गर्दा नेपालले आफू अल्पमतमा रहेको कमिटीको बैठकमा गएर गरेको निर्णयलाई मान्न नसकिने बताउँदै पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा इच्छुक देखिनुभएन । यस विषयमा पनि हामीले छलफल गर्यौँ,’ उनले भने ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा भएको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचिव ज्ञवालीले एमालेको यसअघिको बैठकबाट प्रतिपक्षमा रहने र विश्वासको मत नदिने निर्णय गरेको बताए ।

‘जसरी विश्वासको मत लिने निर्णय गरेको छ । त्यसको विभिन्न प्रश्नहरु पनि जन्माएको छ,’ ज्ञवालीले भने, ‘हामीले यसअघिको बैठकमै प्रतिपक्षी रहने निर्णय गरिसकेका छौँ । यो सरकारको पक्षमा जान सकिँदैन । विपक्षमा मतदान गर्छौँ ।’ ज्ञवालीले एमालेले आफ्नो सांसद र सम्भव भएसम्म अन्य दलहरुसँग यही कुरा राख्ने बताए ।