Loading... आजः १२ श्रावण २०७८, मंगलवार
अपराध

बाँकेमा वाइसीएल संयोजक आकाश कार्कीकी आमाको हत्या

बाँकेमा वाइसीएल संयोजक आकाश कार्कीकी आमाको हत्या

बाँके । बाँकेमा गएराती ८२ बर्षिया वृद्धाको हत्या गरिएको छ । बाँकेको कोहलपुर नगरपालिका–११ मा ८२ वर्षीया साउनी कार्कीको हत्या भएको हो । हत्या गरिएकी ८२ वर्षीय वृद्धा वाइसीएल बाँकेका संयोजक आकाश कार्कीको आमा रहेको खुलेको छ ।

गएराती आफ्नै घरमा ओछ्यानमा सुतिरहेको अवस्थामा टाउँकोमा धारीलो हतियारले प्रहार गरेर हत्या गरिएको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन्द्र खनालले जनाएका छन् । हत्या कसले गरेको भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

प्रहरीले उनका घर वरपरका सबैलाई सोधपुछ गरिरहेको जनाएको छ । प्रहरीले हत्या किन र कसले गरेको हो भन्ने प्रमाणहरु फेला पार्न सकेको छैन । प्रहरीले वृद्धाको साथमा ४० हजार नगद र सुन रहेकाले चोर्नका हत्या गरिएको हुनसक्ने बताएको छ ।

हत्या गरिएकी वृद्धाको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएको छ । वृद्धाको हत्यापछि बाँकेबासी त्रसित बनेका छन् । बाँकेबासीले सुतिरहेकै अवस्थामा वृद्धाको हत्या हुनु बाँकेको सुरक्षा अवस्था फितलो रहेको रहेको प्रतिक्रिया दिएका छन् ।