Loading... आजः २१ श्रावण २०७८, बिहीबार
विचार

जापानीज इन्सेफ्लाइटिस मस्तिष्क शोध, ‘केही तथ्य केही मिथ्य’

जापानीज इन्सेफ्लाइटिस मस्तिष्क शोध, ‘केही तथ्य केही मिथ्य’

जापानीज इन्सेफ्लाइटिस भाइरसबाट संक्रमित लामखुट्टेहरुको टोकाईबाट हुन्छ । धानखेतमा हुर्किने प्रमुखरुपमा क्युलेकस ट्रायटेनियर हिंचस समुहको यो लामखुट्टे जापानीज इन्सेफ्लाइटिस भाइरसबाट संक्रमित हुन्छ । जापानीज इन्सेफ्लाइटिस भाइरसबाट संक्रमित संक्रान्त सुंगुर बंगुर र जंगली पंक्षीलाई टोकेपछि लामखुट्टे संक्रान्त हुने गर्दछ । त्यसपछि संक्रान्त लामखुट्टेले टोक्दा मानिसस र अरु जनावरमा संक्रमण गराउँछ । जापानीज इन्सेफ्लाइटिस भाइरस पालतु संगुर र अरु जंगली पंक्षिहरुको रक्त प्रणालीमा परिवर्धित हुने गर्दछ ।

जापानीज इन्सेफ्लाइटिस संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा हुँदैन । मात्र सुंगुर र जंगली पंक्षीहरुको मात्र जापानीज इन्सेफ्लाइटिस भाइरस फैलाउन सक्तछ । जापानीज इन्सेफ्लाइटिस मस्तिष्कमा हुने एउटा संक्रमण हो जुन जापानीज इन्सेफ्लाइटिस भाइरसका कारण हुन्छ । यस्तो अवस्थामा लक्षण देखिने भनेको टाउको दुख्ने, वाक वाकी लग्ने, ज्वरो आउने दिगभ्रमीत हुने अनि काम्ने । यी कुरा संक्रमणको ५ देखि १५ दिनपछि देखिन्छ । यो रोग प्रायः ग्रामिण इलाकामा देखिन्छ । रोगको निदान रगत र मेरु दण्डीय श्राव परिक्षणबाट हुन्छ । जापानीज इन्सेफ्लाइटिस खोपको प्रयोगबाट नियन्त्रण हुन्छ, जुन सुरक्षित पनि छ, प्रभावकारी पनि छ ।

उपाय भनेको लामुखुट्टेको टोकाइबाट बच्ने एक पटक संक्रमण भएपछि कुनै खास उपचार छैन मात्र सहयोगी सेवा सुसारबाहेक । यो पनि सुविधा सम्पन्न स्वास्थ्य संस्थामा मात्र पछि विरामी बाँचे पनि आधामा स्थायी स्नायुजन्य समस्या भने रहि रहन्छ । यो रोग खासगरी दक्षिण पूर्व एसीया र पश्चिमी प्रशान्त क्षेत्रमा मुख्यरुपमा देखिन्छ । करीब ३ अरब मानिस यस क्षेत्रमा बस्दछन्, जहाँ यो रोग वर्षेनि देखिन्छ । प्रतिवर्ष ६८ हजार लाक्षणिक बिरामी देखिन्छन्, जसमध्ये १७ हजारले मृत्युवरण गर्दछ । प्रायःजसो रोग देखिँदा महामारीको रुपमा नै देखिन्छ । यो रोग पहिलो पटक ईस १८७१ जामानमा वर्णन गरिएको पाइन्छ ।

बैश्वीकरुपमा जापानीज इन्सेफ्लाइटिसका माहामारीजन्य इतिहास एसीया प्रशान्त क्षेत्रमा भाइरसजन्य इन्सेफालाइटिसको रुपमा जापानीज इन्सेफ्लाइटिसलाई प्रमुख मानिन्छ । जसका कारण प्रतिवर्ष ७० हजार मानिसहरु यस रोगबाट बिरामी हुने गर्दछन् । प्रभावित जनसंख्या र उमेर अनुसार ०.३ प्रतिशतदेखि ६० प्रतिशतले मृत्यु बरण गर्दछन् । निममित रोग देखापर्ने ग्रामिण क्षेत्र शहरी क्षेत्रभन्दा बढी जोखिममा हुन्छन् । विगतमा मुख्य महामारी देखिएका मुलुकमा जस्तो खोप प्रयोग गरी रोग नियन्त्रण गरे तीन चीन, दक्षिण कोरीया, जापान, ताइवान र थाइल्याण्ड हुन् । अन्य मुलुक जहाँ अझै पनि नियमित माहामारी देखिन्छ । तिनमा भियतनाम कम्वोडीया, म्यानमार, भारत, नेपाल र मलेसिया हुन् ।

यस धातक रोगको गणना विश्वको उपेक्षित उष्णाकटिकन्धीय रोगमा गरिन्छ । उपेक्षित उष्णा कटिवन्धीत रोगहरु ती रोगहरु हुन्, जुन ग्रामीण क्षेत्रहरु शहरी क्षेत्रहरुका सुकुम्वासी बस्तीहरुमा बस्ने गरीब मानिसलाई प्रभावित गर्दछ । राष्ट्रिय तथा क्षेत्रियस्तरमा यी विरामीहरुको प्रभाव पति भएको हुन्छ । यीनलाई गरिबिको विकास तथा त्यसको चिरस्थायीकरणको लागि उत्तरदायी मानिएको छ । जापानीज मस्तिष्क ज्वरोबाहेक डेंगु ज्वरो, लेप्टो स्पाइरोसीस कुष्ठरोग, क्लेमाइडीया, कालाजार सिस्टो सोमियसीस, अर्को सरसियेसीस आदि उपेक्षित उष्णकटिबांधिय रोगका उदाहरण हुन् । तत्काल यी रोगहरुको नियन्त्रणका लागि बैश्वीकस्तरमा विस्तृतमा कुनै कार्य योजना छैन ।

जापानीज मस्तिष्क ज्वरो भारतमा सर्वप्रथम सन् १९५५ मा तामिलनाडु राज्यमा पत्ता लागेको थियो । यो रोग भारतको उत्तर प्रदेश विहार झारखण्ड उडीस, पश्चिम बंगाल, असाम, मेघालय मणीपुर, त्रिपुरा कर्नाटक, आन्द्र प्रदेशमा नियमित देखिने गरेको छ । पूर्व उत्तर प्रदेशमा यो रोग पहिलो पटक सन् १९७८ मा गोरखपुर क्षेत्रमा फेला परेको थियो । पूर्वी उत्तर प्रदेशमा यो रोगको प्रकोप जुलाई महिनाबाट शुरु भई नोभेम्बर अन्तिमसम्म रहन्छ । नेपालमा यो रोग सर्वप्रथम रुपन्देही जिल्लाको भैरहवा क्षेत्रमा सन् १९७८ मा पहिलो पटक फेला परेको तथ्य भेटिन्छ । तत्पश्चात यो रोग तौलिहवा, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, नवलपरासी जिल्लाको ग्रामीण भेगमा नियमित देखापर्ने गरेको छ । जलवायु परिवर्तनको असरका कारण केहि वर्षयता यो रोग काठमाडौं उपत्यका लगायत पहाडी क्षेत्र साथै सोलुखुम्बु दार्चुलाजस्ता उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि देखिन थालेको छ ।

जापानीज मस्तिष्क ज्वरोको प्रकोप हुनुको कारण

जापानीज ज्वरोबाहेक क्यलेक्स लामखुट्टे मानिन्छ । जुन प्रायजसो स्थिर जलाशयहरु जस्तै पोखरी ताल, टैंक तथा धानको खेतमा प्रजनन गर्दछन् । हरित क्रान्तिको फलस्वरुप सिँचाई सुविधाहरुमा भएको विस्तारधानजस्तो मुख्य बालीको क्षेत्रफलमा बृद्धि तथा सिँचाई जलको कुप्रवन्धका कारण हुने जलजमावका साथै जलवायु परिवर्तनका कारण बढ्दो उष्णता यस रोगको प्रकोपको मुख्य कारण मानिन्छ । यसका अतिरिक्त मानव बस्तीहरुमा गरिने बंगुरपालन पनि यस रोगको प्रकोपको कारण मानिन्छ ।

लक्षण

टाउको दुख्ने साथै ज्वरो सामान्य संक्रमणमा अरु कुनै प्रत्यक्ष लक्षण हुँदैन । गम्भीर प्रकारको संक्रमण भएमा टाउको दुख्ने तीब्र ज्वरो, घाटी अररो हुने, घवडाहट हुने, कोमामा जाने, काम्ने मस्तिष्क निष्क्रिप भई पक्षघात हुन्छ । जापानी इन्सेफ्लाइटिसको संचयीकाल अवधि सामान्यतया: ५ देखि १५ दिन हुन्छ । यसबाट ०.३ देखि ६० प्रतिशतसम्म हुन्छ ।

उपचार

यसको कुनै विशेष उपचार छैन । गहन सहायक चिकित्सा गरिन्छ । यो रोग भिन्नभिन्न देशमा भिन्नभिन्न समयमा देखिन्छ । क्षेत्र विशेषको हिसाबबाट ग्रामीण क्षेत्रका बासीन्दाहरुमा यो रोग बढी देखिन्छ । शहरी क्षेत्रहरुमा जापानी इन्सेफ्लाइटिस सामान्य तथा देखिँदैन । तर शहरमा अत्याधीक बसोबास गरेका सुकुम्बासी बस्तीमा आयआर्जनका लागि पालिएको क्षेत्रमा भने यो रोगको जोखिम देखिन्छ । यस रोगको रोकथामको लागि प्रभावकारी खोप उपलब्ध छ । नियमित रुपमा देखापर्ने क्षेत्रमा पहिलो खोप २ महिना उमेर पुगेपछि र दोश्रो खोप ४ हप्तापछि अनि प्रत्येक वर्ष दिनुपर्ने हुन्छ ।

अस्थायी पोखरी पानी जम्ने ठाउँ वर्षाको बेला नष्ट गर्नुपर्छ । यसबाहेक ताल पोखरी नहर नदि, धान खेतमा माछापालन गर्दा माछाले लामखुट्टेको लाभी खाई बंश वृद्धि हुन रोक्छ । कम सिचाइ चाहिने धात खेती गर्ने तथा सिचाइ गर्दा खेत जलमग्न हुन नदिने । नहर, नालाहरुको सरसफाई नियमित गर्ने, सानै मच्छर दानी, मच्छर भगाउने मलमको प्रयोग गर्ने । धान खेत बरीपरि डिलमा सयपत्तिको विरुवा लगाउने यसको गन्धले लामखुट्टेलाई विकर्षण गराउँछ । व्यवस्थित बंगुरपालन मानव बस्तीबाट टाढा गर्ने किनकी यीनले मानव संक्रमणपछि शिथिल भाइरसलाई तङ्ग्रयाउने काममा मद्दत गरी रोग फैलाउन सहयोगी भूमिका खेल्दछन् ।

निष्कर्ष

जापानीज इन्सेफालाइटिसको प्रकोप प्रतिवर्ष बढ्दो छ, जुन एउटा गम्भीर समस्या मानिन्छ । निर्दोष बालबालिका र गरीब समुदाय यसबाट बढी प्रभावित हुने गर्दछन् । यस रोगबाट बाचे पनि अपाङ्ग भएर बाँच्न विवश हुन्छन् । त्यसैले प्रभावकारी रोग नियन्त्रण र निर्मुल गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता देखिन्छ । नियमित रोग प्रभावित हुने क्षेत्रमा अन्यथा निकट भविष्यमा यो रोगले यस क्षेत्र ठूलै माहामारी निम्त्याउन नसक्ला भन्न सकिँदैन । बेलैमा यसको नियन्त्रणको उचित व्यवस्थापन गरिएन भने रोग अन्य क्षेत्रमा विस्तार हुन गई बालबालिकाको स्वास्थ्यमा गम्भीर खत्राजनक चुनौतिका रुपमा देखापर्ने छ । हाम्रो आफ्नो परिपेक्षमा यो पक्तिकारले २०५०–२०५१ ताका बाँके जिल्लामा फैलिएको यो रोगबारे सरेकारवालाहरुको प्रकृृया उदेकलाग्दो छ ।

जापान जेसीसले नेपाल जेसीसलाई वर्षेनी यस रोगको खोप नेपाल जेसीसलाई उपहार दिँदोरहेछ, जुन प्रतिवर्ष नेपाल जेसीसले आफ्नो जेसीस सप्ताह मनाउँदा शहरी संभ्रान्तलाई खोप लगाई उत्सव मनाउने गर्दा रहेछन् । आज पनि स्थिति फरक छैन । रोग व्यापक भएपछि खोप खरिद गर्ने वा नगर्नेमा नै सरकारी निकाय दुविधामा छन् । सन् १८७१ मा पहिलो पटक जापानमा अभिलिखित यो रोगबारे निश्चित छन् । तर चिन्तित हामी नेपाली भन्न सकिन्न कहिले नेपाली जनसमुदाय यस रोगबाट आफु र आफ्ना सन्तती सुरक्षित मान्लान भन्न त भनिन्छ, घरघर टोलटोल गाउँ, नगर, उपमहानगर, महानगर प्रदेशमा सिंहदरवार पुगेको छ । आशा गरौं, यो वर्षायाममा सुखी स्वस्थ्य नेपाल सम्वृद्ध नेपालीको उद्घोष पुरा होला । (लेखक एम.भी.एस्सी प्रिभेन्टिभ भेटेनरी मेडिसिनका अध्येयता तथा नेपाल सरकारका सेवा निवृत्त बरिष्ठ पशु चिकित्सक हुन् ।)