Loading... आजः २१ श्रावण २०७८, बिहीबार

तेस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी

तेस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी

एजेन्सी । दक्षिण अफ्रिकाले अन्तिम तथा तेस्रो एकदिवसीयमा आयरल्याण्डलाई पराजित गरेको छ । डुब्लीनमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्याण्डलाई ७० रनले हराएको हो ।

दक्षिण अफ्रिकाले दिएको ३ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ७६ रन बनायो ।

आयरल्याण्डका लागि सिमी सिंहले अविजित रहँदै १०० रनको शतकीय इनिङ्स खेले ।

यस्तै कुर्टिस क्याम्फरले ५४ रनको अर्धशतकीय इनिङ्स खेले भने ह्यारी टेक्टर २९ रनमा आउट भए । दक्षिण अफ्रिकाका एडिले र ताब्रेज शाम्सीले ३/३ विकेट लिए । केशव महाराजले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४६ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि जान्नेमन मालनले अविजित रहँदै १ सय ७७ रनको शतकीय इनिङ्स खेले ।

यस्तै क्विन्टन डी ककले १ सय २० रनको शतकीय इनिङ्स खेले । रुस्सी भान डेरले ३० रन बनाए । आयरल्याण्डका जोश लिटलले २ विकेट लिए ।

दक्षिण अफ्रीकाको जितसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ । पहिलो खेल रद्द भएको थियो भने दोस्रो खेलमा आयरल्याण्डले ४३ रनको जित निकालेको थियो ।