Loading... आजः १२ श्रावण २०७८, मंगलवार

बाबुराम र विप्लवबीच भेट, बन्यो यस्तो रणनीति

बाबुराम र विप्लवबीच भेट, बन्यो यस्तो रणनीति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । धर्मेन्द्र बास्तोलालाई लिएर शुक्रबार विहान भट्टराईको निवास पुगेर महासचिव विप्लवले भेटवार्ता गरेका हुन् ।

पछिल्लो समय महासचिव विप्लवले राजनीति भेटघाटलाई तीव्र बनाएका छन् । विप्लवले बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहालको ललितपुर, खुमलटारस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए । यस्तै विहीबार कोटेश्वर पुगेर एमाले वरिष्ठ नेता माधव नेपालसँग पनि भेटवार्ता गरेका थिए ।

महासचिव विप्लवले पूर्ववत् सरकारले आफूहरूसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा नेताहरुसँग चासो राख्दै आएका छन् । ओली सरकारसँग तीनबुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका विप्लवले भेटघाटमा तीव्रता दिएपछि पूर्वमाओवादी समूहरूको एकता बहसमा आएको छ ।