Loading... आजः १२ श्रावण २०७८, मंगलवार

आजदेखि नेपाली सेनाका आठ पृतना खारेज

आजदेखि नेपाली सेनाका आठ पृतना खारेज

काठमाडौं । नेपाली सेनाले आजदेखि चार ठाउँमा केन्द्रित हुने गरी सांगठनिक पुनर्संरचना लागू गर्दैछ । काठमाडौं उपत्यका र सात प्रदेशमा रहेका आठ पृतना आजदेखि खारेज भएको नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार अब कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काठमाडौं उपत्यकाका लागि एक गरी चारवटा केन्द्रीय कमाण्ड लागु हुनेछन् । यसलाई सेनाले तीन जोड एक केन्द्रीय कमाण्ड भनेको छ । सेनाले नयाँ संरचनाबाट विद्यमान बजेट र दरबन्दी नबढ्ने पनि स्पष्ट पारेको छ ।

कोशी पूर्वलाई पूर्वी कमाण्ड, काठमाडौं उपत्यकाबाहेक कोशी र गण्डकी बीचको भू–भागलाई मध्य–कमाण्ड, काठमाडौं उपत्यकालाई उपत्यका कमाण्ड र कर्णाली र सुदूरपश्चिमलाई समेटेर पश्चिम कमाण्डको संरचना तयार पारेको छ ।

गत फागुनमै मन्त्रिपरिषदले नयाँ संरचना लागू गर्न स्वीकृति दिए पनि बजेट लगायतका कारण औपचारिक कार्यक्रम भने आजदेखि मात्रै गर्न लागिएको नेपाली सेनाका सहायकरथी एवम् प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।