श्रीमतीको हत्या गरेर श्रीमान फरार

झापा । झापाको गौराहदमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । कुटपिटबाट मृत्यु हुनेमा मोरङ रङ्गेली नगरापालिका–९ बेलगाछी घर भई झापा गौरादह नगरपालिका– १ गेयुरिया बस्ने ४० वर्षीया सङ्गीता टुडु छिन् ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले सङ्गीताको शव गौरादह–१ स्थित उधिम कृषि सहकारीले खेतमा बनाएको टहरामा बिहीबार बिहान फेला परेको जानकारी दिए । प्रहरीका अनुसार ३९ वर्षीय उत्तिम ऋषिदेव र सङ्गीताबीच घरायसी विवाद भएको खुलेको छ ।

कुटपिटका क्रममा उनको सोही टहरामा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी थापाले बताए । घटनामा संलग्न उत्तिम फरार रहेकोले खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।