Loading... आजः १२ श्रावण २०७८, मंगलवार

एमालेको नेपाल पक्षद्वारा अखिल फोर्स स्थापना

एमालेको नेपाल पक्षद्वारा अखिल फोर्स स्थापना

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरहरुले अखिल फोर्स स्थापना गरेको छ । रत्नराज्य क्याम्पसका सभापति टपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स स्थापना गरेको हो ।

‘युथ फोर्सको नाममा ओली पक्षले नेता तथा कार्यकर्ताहरुलाई धम्क्याउन थालेपछि त्यसको प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरेका हौ,’ नेपाल पक्षका विद्यार्थी संगठनमा अध्यक्ष सुदेश पराजुलीले भने, ‘यसलाई देशव्यापी रुपमा बनाउने छौं ।’

हाल संयोजक मात्रै तोकिएको भएपनि चाँडै सबै सदस्यहरुको नाम सार्वजनिक गर्ने पराजुलीले बताए । गत मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले युवा संघका वरिष्ठ उपाध्यक्ष क्षितिज थेबेको नेतृत्वमा युथ फोर्सलाई सक्रिय बनाउने निर्णय गरेको थियो । राजनीतिक दलहरुले आफ्नो प्रभाव विस्तारका लागि यस प्रकारको लडाकु जत्थाको निर्माण गर्ने गरेका छन् ।