Loading... आजः ९ श्रावण २०७८, शनिबार
समाचार

प्रधानमन्त्री बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकै कारण प्रधानमन्त्री देउवाले पार्टी पदाधिकारी बैठक स्थगित गराएका थिए । आजको मन्त्रिपरिषद् बैठकबाट केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ ।