Loading... आजः ९ श्रावण २०७८, शनिबार

दाङको देउखुरी क्षेत्रमा भारी वर्षा

दाङको देउखुरी क्षेत्रमा भारी वर्षा

दाङ । दाङको देउखुरी क्षेत्रमा भारी वर्षा भएको छ ।

भारी वर्षा भएपछि राप्ती नदी लगायत आसपासका क्षेत्रमा बाढी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाले भारी वर्षा भएको ठाउँमा बाढीको सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

दाङको देउखुरी क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएकाले स–साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना भएकाले तटीय क्षेत्र तथा डुबान भईरहने  क्षेत्रहरूमा दिउँसोसम्म सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको हो ।