Loading... आजः २१ श्रावण २०७८, बिहीबार

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुनको भाउमा सामान्य बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको हो ।

यस दिन तेजाबी सुन समेत गत मंगलबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले नै बढेर ९२ हजार २०० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने गत सोमबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले घटेर बुधबार एक हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।