Loading... आजः ९ श्रावण २०७८, शनिबार

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रधानमन्त्री देउवा

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रधानमन्त्री देउवा
प्रधानमन्त्रीको शपथलगत्तै देउवालाई मंगलबार बधाई दिँदै नेता नेपाल ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच कोटेश्वरमा छलफल भएको छ । नेता नेपाललाई भेट्न प्रधानमन्त्री देउवा नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

देउवा नेतृत्वको सरकार बनाउन नेता नेपालले महत्त्वपूर्ण भूमिका खेलेका थिए । प्रधानमन्त्री नियुक्त भएपछि देउवाले पहिलोपटक निवासमै पुगेर नेता नेपालसँग भेट गरेका हुन् । मंगलबार प्रधानमन्त्रीको शपथग्रहणलगत्तै नेपालले देउवालाई पहिलो बधाई दिएका थिए ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध उत्रिएर देउवालाई प्रधानमन्त्री बनाउन नेपालसहित एमालेका २३ सांसदले हस्ताक्षर गरेका थिए । ओली सरकारको बहिर्गमनमा विशेष भूमिका खेलेका नेपाललाई देउवाले सरकारमा आउन आग्रह गरिसकेका छन् ।