Loading... आजः ९ श्रावण २०७८, शनिबार

माधव नेपालसँग वामदेव र नारायणकाजीको छुट्टाछुट्टै भेटवार्ता

माधव नेपालसँग वामदेव र नारायणकाजीको छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं । शक्ति सन्तुलनको केन्द्रमा रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग एमाले उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भेटवार्ता गरेका छन् । नेता नेपालसँग गौतम र श्रेष्ठको विहान छुट्टाछुट्टै भेटवार्ता भएको हो ।

गौतम र श्रेष्ठ नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् । गौतमसँगको भेटमा पार्टी एकता र श्रेष्ठसँगको भेटमा सत्ता साझेदारीका बिषयमा कुरा भएको नेपाल निकट स्रोतको भनाइ छ । ओली सरकार ढाल्न महत्वपूर्ण भूमिका खेलेका नेपालको हातमा सत्ता र संसद दुबैको चाबी छ ।

त्यसैले नेपालको मुभलाई राजनीतिक दलहरुले महत्वका साथ हेरेका छन् । नेता नेपालले आजै आफ्नो समूहका नेताहरुसँग छलफल गरेर अबको रणनीति तय गर्ने तयारी गरिरहेका छन् । नेपाल समूहका नेताहरुले देउवा सरकार पुरै कार्यकाल चल्नुपर्ने बताउँदै आएका छन् ।