Loading... आजः १२ श्रावण २०७८, मंगलवार

गृहमन्त्री खाँणले सम्हाले कार्यभार

गृहमन्त्री खाँणले सम्हाले कार्यभार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार सम्हालेका छन् । मंगलबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका खाँणले आज गृह मन्त्रालयल पुगेर कार्यभार सम्हालेका हुन् । मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उनले मन्त्रीको कार्यभार सम्हालेका थिएनन् ।

सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । बुधबार नै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले पनि बुधबार नै पदभार ग्रहण गरेका छन् । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार नै पदभार ग्रहण गरेका थिए ।