Loading... आजः १२ श्रावण २०७८, मंगलवार

थप दुईजना कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु

थप दुईजना कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु

बाँके । बाँकेको नेपालगन्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृतक दुवै बर्दियाका हुन् । मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं.का ६३ वर्षीया महिला र राजापुर नगरपालिका वडा नं.१० का ६५ वर्षीय पुरुष रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार दुवै जनाको भेरी अस्पतालमा मृत्यु भएको हो । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ३७० जनाको मृत्यु भएको छ भने बाँके जिल्लाका ३११ जनाको अहिलेसम्म कोरोनाबाट मृत्यु भएको छ ।